प्राथमिक तहका ९ जिल्लामा दरबन्दी थप

शिक्षक सेवा आयोगले विभिन्न नौ. जिल्लामा प्राथमिक तहको खुला विज्ञापनका लागि पद थप गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दरबन्दी थप गरेका जिल्लाहरुमा पद थप गरेको हो ।आयोगले इलाम, धनकुटा, सिरहा, सिन्धुपाल्चोक, बारा, कपिलवस्तु, दाङ, सुर्खेत र बैतडी जिल्लामा पद संख्या थप गरेको हुनाले आयोगले पदसंख्या थप गरेको हो ।

आयोगले गत पुस १४ गते प्रकासित गरेको प्राथमिक तहको तृतीय श्रेणीको खुला तर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गरेको थियो ।आयोगले यो विज्ञापनको प्रतिस्पर्धा र छनोट जिल्लास्तरमा गर्ने गरी विज्ञापन गरेको थियो ।

इच्छुक कुनै पनि उम्मेदवारले एक जिल्लामा मात्र दरखास्त फाराम पेश गर्न सक्ने आयोगद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books