विषयगत शिक्षकको चरम अभाव, विश्वविद्यालयको उत्पादनमा नै प्रश्न (नतिजा सहित)

विद्यालय शिक्षामा विषयगत शिक्षकको चरम अभाव हुने संकेत देखिएको छ । शिक्षक सेवा आयोगले सार्वजनिक गरेका शिक्षक छनोटको परीक्षामा दरबन्दी अनुसार कुनै विषयमा पनि प्रतियोगी उत्तीर्ण हुन नसके पछि अबको एक दशक नपुग्दै विद्यालयमा विषयगत शिक्षकको चरम अभाव हुने विज्ञले आशंका गरेका छन् ।

विगत १४ वर्ष यता नेपालमा साक्षर पालिका, साक्षर, जिल्ला, साक्षर प्रदेश घोषण हुने होड चलेको छ । सरकारले तामझामका साथ ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस बनायो । शिक्षा दिवन मनाउने, विद्यालयलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने परम्परा विर्षदै गएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भदौ २३ वा सेक्टेम्बर ८ मा तामझाम सहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनायो । सरकारले विगत १४ वर्ष यता सुरु गरेको साक्षरता अभियान अन्तर्गगत प्रदेश नं. १ लाई साक्षर प्रदेश घोषणा गर्यो । भने कन्चनपुर जिल्लालाई पनि साक्षर जिल्ला घोषणा गर्यो ।अब नेपालका तीन ओटा प्रदेश र ६२ ओटा जिल्ला साक्षर भए ।

सरकार एकातर्फ साक्षर प्रदेश, साक्षर जिल्ला साक्षर पालिका घोषणा गरिरहेको छ भने अर्को तर्फ उच्च शिक्षामा देखिएको गुणस्तर सुधारका लागि पहल गर्न सकेको छैन । आफ्नै कार्यकर्ता लगाएर विभिन्न विश्वविद्यालमा तालाबन्दी गरिरहेको छ तर तिनै विश्वविद्यालयले उत्पादन गरेका विषयविज्ञलाई सेवा प्रवेस गराउन लिएको परीक्षामा लज्जास्पद नतिजा आउँदा समेत सरकार रमिते बनेर हेरिरहेको छ । त्रिभुवन विश्वविद्यालयमा गत असार २७ गते लागेको ताला खुलेको छैन नेपाल संस्कृत विश्वविद्यालयमा ताला खोलेको एक महिना नपुग्दै पुनः तालाबन्दी गरिएको छ । विगतको निरन्तरतालाई यथावत राख्दै तालाबन्दी, हडताल र तोडफेडका विच विश्वविद्यालयले शैक्षिक वर्ष त पुरा गर्छ तर नेपाली विश्वविद्यालयले नेपाली बजारमा नै बिक्न नसक्ने प्रमाणपत्रधारी गुट निर्माण गरिरहेको छ ।

यसको प्रत्यक्ष असर विद्यालय शिक्षामा देखा परेको छ । विद्यालयका लागि शिक्षक छनोट गर्न शिक्षक सेवा आयोगले लिएको माध्यमिक तहको विषयगत परीक्षामा आयोगले मागे जति परीक्षार्थी उत्तीर्ण हुन सकेका छैनन् ।

आयोगले गत चैत्तमा सञ्चालन गरेका शिक्षक छनोट परीक्षाको नतिजा धमाधम सार्वजनिक गर्दै छ । पहिलो चरण सामान्य परीक्षा र दोस्रो चरणमा विषयगत परीक्षा लिएको आयोगले अहिलेसम्म माध्यमिक तहको नेपाली, सामाजिक, विज्ञान, गणित अङ्ग्रेजी, नेपाली विषयको विषयगत लिखितपरीक्षाको नतिजा सार्वजनिक गरेको छ । तर, आयोगले माग गरेको खुला तर्फको विषयगत परीक्षामा अधिकांश विषयमा विषयगत शिक्षकको दरबन्दी पुरा हुने गरी प्रतियोगी पास हुन सकेका छैनन् ।

हिजो सार्वजनिक गरेको सामजिक विषयको नतिजामा कर्णाली प्रदेशमा दरबन्दी पुरा हुने गरी परीक्षार्थी पास हुन सकेका छैनन् । १२ जनाका लागि आवेदन माग गरिएकोमा ११ जना मात्र उत्तीर्ण भएका छन् ।

त्यस्तै विज्ञान विषयमा पनि रिक्त दरबन्दी अनुसार प्रतियोगी पास हुन सकेका छैनन् । आयोगले विज्ञान विषयमा प्रदेश १ का लागि १२८ कोटामा शिक्षक छनोट गर्नका लागि लिएको परीक्षामा विष्यगत लिखित परीक्षामा १०१ जना मत्र उत्तीर्ण भएका छन् । मधेश प्रदेशमा २१ पदका लागि विज्ञापन गरिएकोमा सामान्य परीक्षाबाट ७ जना मात्र विषयगत गत लिखित परीक्षाम जान सफल भएका थिए भने विषयगत परीक्षाबाट ६ जना मात्र उत्तीण भएका छन् । त्यस्तै लुम्बिनीमा पद माग संख्या अनुरुप परीक्षार्थी उत्तीण हुन सकेका छैनन् । कर्णालीमा ३५ दरबन्दीका लागि विज्ञापन गरिएकोमा २८ जना मात्र लिखित परीक्षामा उत्तीर्ण हुन सफल भएका छन् । सुदुर पश्चिममा यो विषयमा २९ पदका लागि विज्ञापन भएकोमा २७ जना मात्र उत्तीण भएका छन् ।

आयोगले सबै प्रदेश गरी २८५ दरबन्दीका लागि शिक्षक माग गरेकोमा १५१ जना मात्र अन्तर्वार्ताका लागि छनोट भएका छन् । आयोगले गणितमा १३४ दरबन्दीका लागि खुला तर्फ शिक्षक अन्तर्वाताका लागि नै छनोट गर्न सकेन ।

नेपाली विषयमा प्रदेश १ मा अन्तर्वार्तामा छनोट गर्न मिल्ने गरी उीर्ण भए पनि मधेश प्रदेशमा पर्याप्त शिक्षक पास हुन सकेका छैनन् । मधेश प्रदेशमा ३२ पदका लागि विज्ञापन गरिएकोमा लिखित परीक्षामा २३ जना मात्र प्रतियोगी उत्तीर्ण भएका छन् । नपालीमा बागमतीले पनि योग्य शिक्षक पाएको छैन । ३७ पदका लागि विज्ञापन गरिएकोमा ३४ जना मात्र उत्तीर्ण भएका छन् ।

त्यस्तै गण्डकीमा ५५ दरबन्दी माग भएको भए पनि ५२ जना मात्र उत्तीर्ण भएका छन् । कर्णालीमा ९ जनाका लागि विज्ञापन गरिएकोमा ७ जना मात्र उत्तीर्ण हुन सफल भएका छन् ।

विश्वविद्यालयले झन्नै आधा दशक लगाएर उत्पादन गरेका जनशक्तिले पुनः सोही विषयतत विशिष्टताको परीक्षण गर्दा न्यूनतम पास नम्बर ल्याउन पनि नसक्नु गम्भीर समस्या भएको विज्ञले प्रतिक्रिया दिए । समस्या आयोगको परीक्षामा होइन विश्वविद्यालयमो शैक्षिक प्रणामलीमा देखिएको अब यसको सुक्ष्म अध्ययन गरेर गुणस्तर सुधार गर्न तर्फ नलागे प्रमाणपत्रधारी बेरोजगार झुन्ड मात्र उत्पादन हुने विज्ञहरू बताउँछन् ।

सामाजिक विषयको विषयगत नतिजा

विज्ञान विषयको नतिजा

गणित विषयको नतिजा

नेपाली विषयको नतिजा

अङ्ग्रेजी विषयको नतिजा

अर्थशास्त्र, कार्यालय संचालन तथा लेखा, शिक्षा, स्वास्थ्य, शुक्लयजुर्वेद, कम्प्युटर विज्ञान र न्याय विषयको नतिजा