After SEE Portal

एसिड आक्रमणको तथ्यांक वार्षिक बढ्दै

Bridge Course

बदला, अनेमेल विवाह, दाइजो, यौन असन्तुष्टि लगायतका कारणले विगत एक दशक यता नेपालमा वार्षिक चार पाँच ओटा एसिड आक्रमण हुने गरेको सरोकारवालाले बताए ।

नेपाल केमिकल सोसाइटीले आयोजना गरेको केमिकलमा सार्वजनिक पहुँच र एसिड आक्रमण विषयक भर्चुअल संवादमा सहभागीले यस्तो धारणा राखेका हुन् ।

सामाजिक, आर्थिक, अनमेल विवाह र यौनिक नियन्त्रण वा बसमा राख्ने शक्ति सम्पन्न मानिसले निर्वलमाथि आक्रमण गर्ने गरेको सभासद् रामकुमारी झाक्रीले बताइन् ।

विकाशील र विकसित देशमा बदला तथा सामाजिक, आर्थिक तथा यौन इच्छा पुरा नहुदा एसिड आक्रमण हुने गरेको सबैतिर एसिड आक्रमण हुने गरेको युनिभर्सिटी अफ टेक्सासका सिनियर ल्याब टेक्निसियन नवीन दाहालले बताए । उनले एसिड आक्रमणमा ८३ प्रतिशत भिक्टिम महिलाले हुने गरेको बताए । सो कार्यक्रमलाई सम्बोधन गर्दै दक्षिण एसियामा बढी एसिड आक्रमण हुने उनले जानकारी दिए ।

तेजाव आक्रमण जस्तो जघन्य अपराधको फास्ट ट्रयाकबाट अदालतले सुनुवाई गर्नुपर्ने सामाजिक अभियन्ता उज्जव विक्रम थापाले बताए । आक्रमण भएर मानिसको मृत्यु भइसक्दा पनि अपराधीले सजाया नपाउने उनले बताए । उनले घटनाको प्रकृति हेरेर अपराधीलाई सजाय पाउनु पर्नेमा उनले जोड दिए ।

सहजै केमिकल किन्न पाइने हुँदा प्रतिशोध लिन माध्यम एसिड बन्दै गएको डा भानुभक्त न्यौपाने बताए । तेजाव आक्रमण सम्बन्धि संचारमाध्यममा आउने समाचार सौदर्यसंग जोडिएर आउनु दुखद भएको सोसाइटीका अध्यक्ष निरञ्जन पराजुलीले बताए । ‘संचार माध्यमले एसिड बिक्री वितरणमा रोक लागाउने खालका समाचार आउन सकेनन् ।’ उनले भने, ‘एसिड सबैको पहुँचमा सजिलै पुग्ने हुँदा समाजमा यस्त दुर्घटना दोहोरिँदै आएका छन्, एसिड बिक्री वितरणको सही तथ्यांक कसैले राख्न सकेका छैनन् ।’

A Levels MA
Thuprai - Books and E-books