५४ जिल्लाका रुपमा अछामलाई साक्षर जिल्ला घोषणा गरियो

अछाम जिल्लालाई साक्षर जिल्ला घोषित गरिएको छ । जिल्लाका कम्तीमा पनि ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएसँगै अछामलाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति अछामले हिजो आयोजना गरेको एक कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मानबहादुर खड्काले साक्षर जिल्ला घोषणा गरेका हुन् ।

जिल्लामा रहेका अधिकांश नागरिक लेख्न तथा पढ्न सक्ने भएका कारण साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समिति अछामले जनाएको छ ।

आर्थिक वर्ष २०७६–७७ सम्म ५३ जिल्ला साक्षर घोषणा भएका थिए । सरकारले दुई वर्षभित्र सबै जिल्ला साक्षर घोषणा गर्ने गरी चालु आर्थिक वर्षको अन्त्यसम्ममा अछाम, मुगु, जुम्ला, कालिकोट, कैलाली, डोटी, बाँके, काठमाडौं, कपिलवस्तु र ताप्लेजुङ गरी १० जिल्लालाई साक्षर जिल्ला घोषण गर्ने घोषणा गरेको थियो । साथै आगामी आर्थिक वर्षमा बझाङ, बाजुरा, कञ्चनपुर र महोत्तरी गरी थप ४ जिल्ला साक्षर घोषणा गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

मन्त्री खड्काले नागरिकको सबैभन्दा ठूलो उपलब्धि भनेको लेख्न र पढ्न सक्ने भएको हुँदा अछामका नागरिक सबैले लेख्न र पढ्न सक्ने भएकोमा खुशी व्यक्त गरें । उनले भन्, ‘अक्षर चिन्न र लेख्न सके त्यो ठूलो उपलब्धि हो, साक्षर व्यक्तिलाई कसैले पनि ठग्न सक्दैन ।’

Thuprai - Books and E-books