After SEE Portal

हिमालयन ह्वाइट हाउस कलेजको प्रमुख प्रशासकीय अधिकृतमा आचार्य नियुक्त

Bridge Course

काठमाडौंको पुतलीसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजको प्रमुख प्रशासकीय अधिकृतमा नारायण आचार्य नियुक्त भएका छन् ।

कलेजका निर्देशक प्राडा विनोद पराजुलीले आर्चायलाई प्रमुख प्रशासकीय अधिकृतमा हिजो एक समारोहका विच नियुक्त गरेका हुन् ।

सो कार्यक्रममा  निर्देशक पराजुली सहित कार्यकारी अधिकृत शिव शर्मा पौडेल र प्रिन्सिपल तोया नारायण पौडेलले नवनियुक्त आर्चायलाई खादा लगाई स्वागत गरेको कलेजले जानकारी दियो ।

स्वागत समारोहलाई सम्बोधन गर्दै निर्देशक पराजुलीले उनको कार्यकालमा कलेजले थप उचाई हासिल गर्ने विश्वास व्यक्त गरे ।

हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा विगत २१ वर्षदेखि सञ्चालित कलेज हो ।यो कलेजले म्यानेजमेन्टमा एमबीए, ईएमबीए, बीबीए, बीएचएम र इञ्जिनियरिङमा बीई सिभिल, बिई कम्प्युटर, बिई इलेक्स एण्ड कम, साइन्स एण्ड टेक्नोलोजीमा बिआईटी, बि टेक इन बायो टेक, र आर्टस्मा ब्याचलर इन लिबरल आर्टस् एयड साइन्स का कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

A Levels MA