विज्ञ उपसमितिको प्रतिवेदन अनुसार निर्देशिका संशोधन हुने (प्रतिवेदन सहित)

उत्कृष्ट विदेशी विश्वविद्यालयबाट नौलो र उपयोगी शैक्षिक कार्यक्रमहरू नेपाल स्थित कलेजहरुमा सञ्चालित होस् भन्ने उद्देश्यसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका संशोधनको तयारीमा जुटेको छ ।

विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ लाई समयानुकुल संशोधनको लागि ठोस राय सुझाव समेटी कार्वान्वयन खाका सहितको अध्ययन प्रतिवेदन २०८१ अनुसार संशोधनको तयारी थालेको हो ।

विश्ववरियतामा १००० भित्र (Times Higher Education World University Ranking वा QS World University Ranking) रहेका विश्वविद्यालयहरूको गुणस्तर सुनिस्चिता (Quality Assurance) भएका उपयोगी तथा बजारमुखी शैक्षिक कार्यक्रमहरू नेपाल स्थित गुणस्तर सुनिस्चितता तथा प्रत्यायन (QAA) भएका कलेजहरूले सम्बन्धन प्राप्त गरी देशी विदेशी विद्यार्थी तथा शिक्षकहरूलाई समेत आकर्षित गर्न सक्षम बनाउने भन्दै निर्देशिका संशोधनको तयारी थालोके हो ।

 विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिस्चितता तथा प्रत्यायन सहित प्राज्ञिक अनुगमन कार्य समेत गर्नुपर्ने सुझाव सो प्रतिवेदनले दिएको छ ।

 कार्यविधि बनाई छात्रवृत्ति वितरणलाई व्यवस्थित तथा एकरूपता कायम गर्ने कार्य लाई उच्च प्राथमिकता दिनुपर्ने समेत प्रतिवेदनले सुझाएको छ ।

आइतबार बसेको उच्चस्तरीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले निर्देशिका संशोधनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयका प्राडा विनिल अर्याल नेतृत्वको विज्ञ उपसमितिले विदेशी सम्बन्धन प्राप्त कलेजहरूको नियमन गर्न सुझाव दिएको थियो । साथै निर्देशिका संशोधन गर्न समेत सुझाव दिएको थियो । सोही आधारमा मन्त्रालयले संशोधनको गृहकार्य अगाडि बढाउने निर्णय गरेको हो ।

मन्त्रालयले निर्देशिका संशाुधनका लागि अर्को कार्यदल समेत गठन गरेको छ ।उच्च शिक्षा महाशाखा प्रमुख बैकुण्ठप्रसाद अर्यालको संयोजकत्वमा अर्को ७ सदस्यीय कार्यदल गठन गरेको हो ।

विज्ञ समितिको प्रतिवेदन हेर्नुहोस्ः