आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले गृहिणीलाई पढाए सूचना प्रविधि

दमौली, २० वैशाख (रासस) : राष्ट्रिय सूूचना सञ्चार तथा प्रविधि दिवसको अवसरमा तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले गृहिणीलाई सूचना प्रविधिबारे पाठ पढाएका छन् ।

क्याम्पसमा स्नातक तहमा सूचना सञ्चार तथा प्रविधि विषयमा अध्यनरत विद्यार्थीले छिमेकमा रहेको आमा समूहका गृहिणी महिलालाई विहीबार सूचना सञ्चार तथा प्रविधिका प्रयोग, फाइदा र बेफाइदाबारे पढाएका हुन् ।

क्याम्पसको विज्ञान तथा प्रविधि विभागको आयोजनामा भएको कार्यक्रममा विज्ञानचौर आमा समूहका ४० गृहिणी सहभागी भएको विभागका प्रमुख राजन घिमिरेले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “आजको विज्ञान र प्रविधिको युगमा सूचना प्रविधिको सकारात्मक तथा नकारात्मक दुवै असर रहेकाले यसबारेमा महिलालाई जानकारी दिन कार्यक्रम गरेका हौँ ।”

सो अवसरमा आइसिटी विषय समिति संयोजक सुलभकुमार श्रेष्ठ, विज्ञानचौर टोल आमा समूहका उपाध्यक्ष कविता रानाभाटलगायतले प्रविधिको अनुभव सुनाउनुभएको थियो । 

त्यस्तै क्याम्पसका विद्यार्थी सन्तोष आलेले मोबाइल एप्सको उपयोगिता, अस्मिता पौडेलले मोबाइलको प्रयोग र दुरुपयोग र गौरव पन्थले साइबर अपराधका विषयमा जानकारी गराउनुभएको थियो ।

सूचना प्रविधि दिवसको अवसरमा क्याम्पसले व्यास नगरपालिका–१३ स्थित जनजागृति माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षासम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ भने आज व्यास नगरपालिकास्थित विभिन्न विद्यालयका प्रधानाध्यापकलाई सूचना प्रविधिको प्रयोग सम्बन्धमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal