After SEE Portal

माई सेकेन्ड टिचर र एसपीए कलेजबीच साझेदारी

Bridge Course

माई  सेकेन्ड  टिचरले  नेपालमा  राष्ट्रिय  परीक्षा  बोर्डको  लागि  पाठय्क्रम  सहयोग गर्न  उत्कृष्ट  डिजिटल  अध्ययन  सामग्री  उपलब्ध  गराउन  सुदूर पश्चिमाञ्चल  एकेडेमी  (एसपीए)सँग  साझेदारी गरेको घोषणा गरेको छ । एसपीए कलेजलाई नेपालको पहिलो सुदूरपश्चिम माई सेकेन्ड टिचर नेपाल स्मार्ट स्कुलको रूपमा तोक्दै सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

माई  सेकेन्ड  टिचर ग्लोबल  एडटेक  प्लेटफर्मका रुपमा रहेको छ र यसमा क्याम्ब्रिज विद्यालयसहित विश्वका नौ हजार विद्यालयमा  उपयोग  भइरहेको  छ  ।  माई  सेकेन्ड  टिचरले पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रमका तीन सयभन्दा बढी भिडियोमा पङिक्तबद्ध गरेको  छ  । 

एसपीए कलेजका प्रधानाध्यापक सुवास शाहीले सिकाइ अनुभव अभिवृद्धि गर्न माई सेकेन्ड टिचरसँग साझेदारी गर्न पाउँदा उत्साहित भएको बताउँदै यसबाट विद्यार्थीले लाभ लिने विश्वास व्यक्त गरे ।

आइएनजी ग्रुपका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले विद्यार्थीलाई पूर्ण क्षमतामा पुग्न र शैक्षिक  रूपमा  फस्टाउन  आवश्यक  शैक्षिक  समग्री तथा उपकरण प्रदान गरिने बताए ।

A Levels MA
Thuprai - Books and E-books