After SEE Portal

बेटी पढाउँ बेटी बचाउँ कार्यक्रममा अनियमितता गर्ने एक संस्था र ६ जना विरुद्ध १० करोड माथि बिगो असुल माग गर्दै मुद्दा दायर

Bridge Course

अख्तियार दुरुपयोगअनुसन्धान आयोगले प्रदेश नं. २ को मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको भन्दै एक संस्था र ६ जना विरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

उक्त कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साविक प्रदेश नं. २ हाल मधेश प्रदेश जनकपुरधाम, धनुषाबाट साइकल खरिद प्रकृया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म अनियमितता गरेको पुष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

साइकल आपूर्तिकर्ताले नेपाल सरकार र प्रदेश सरकारलाई बदनियतपूर्वक हिनामिना एंव हानी नोक्सानी गरेको पुष्टि हुन आएको हुँदा प्रदेश सचिव याम प्रसाद भुसाल, सिडिई भगवान झा, सहलेखापाल राजाराम मण्डल, भण्डार जिन्सी शाखा प्रमुख अधिकृत छैठौं राम स्वार्थ महतो, खरिदार जित मोहन कुमार दास, ओम सत्य साई प्रालि, र सो संस्थाको प्रवन्ध निर्देशक रेनु अग्रवाललाई १० दश करोड ३३ लाख ७५८रुपियाँ बिगो असुल गरी कानुन अनुसार दण्ड सजायको माग गर्दै मुद्दा दायर गरेको छ ।

सचिव भुसालले बोलपत्र नं OCMCMS2/NCB/GOODS/077/78-01 बाट लेडिज साइकल खरिद कार्यको लागि अधिकार प्रत्यायोजन गरी खरिद कार्यको सुरुवातदेखि सार्वजनिक खरिद ऐन, २०६३, ऐ नियमावली, २०६४ र सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशिकामा भएका प्रावधानको पालना नगरी सम्झौता अनुसार अम्बिका ब्राण्डका साइकल आपूर्ति हुनुपर्नेमा सम्झौता विपरीतका ब्राण्ड नखुलेका कमसल तथा गुणस्तरहिन लेडिज साइकलको आपूर्ति स्वीकार गरी भुक्तानीसमेत गरेको पाइएको छ ।

 सचिव भुसालले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ञ) बमोजिमको कसुर गरी प्रदेश सरकारलाई गैरकानूनी हानी पुयाएको देखिएकोले १० करोड ३३ लाख ७५८ रुपियाँ बिगो असुलगरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम कैद सजायको माग गरेको छ ।

अनुसन्धानका क्रममा सचिव भुसालले प्रमाणित गरेको भण्डार दाखिला प्रतिवेदन नै गलत पाइएको छ । संझौताबमोजिमको साइकल प्राप्त हुनुपर्नेमा ब्राण्ड नखुलेका साइकल खरिद गरेको, गलत स्टोर दाखिला तयार गरी भुक्तानी दिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै सिडिई झाले खरिद विज्ञको साथसाथै बोलपत्र मूल्याङ्कन समितिको सदस्यसमेत रही खरिद सम्झौता अनुसार अम्बिका कम्पनी, ब्राण्डको साइकल आपूर्ति हुनु पर्नेमा अम्बिका व्राण्ड भन्दा फरक कम गुणस्तरीय साइकल ९कम्पनीरव्राण्ड नखुलेका० स्थानीय फर्मबाट खरिद गरी आपूर्ति गर्दा समेत आपूर्ति भएका साइकलको परीक्षण प्रतिवेदन विनानै ठीक छ भनी सम्पूर्ण साइकलको भुक्तानीको लागि सिफारिस गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 सह(लेखापाल मण्डलले सम्झौता भन्दा फरक ब्राण्ड नखुलेका साइकल आपूर्ति हुँदा समेत भुक्तानी कार्यमा संलग्न रही गलत मनसायले भुक्तानी दिएको पाइएको छ।

ले राम स्वार्थ महतोले जिन्सीरभण्डार शाखाको प्रमुख भएको तथा तयार गरिएको दाखिला प्रतिवेदनको जाँच गर्ने कार्यमा संलग्न रही गलत लिखत राख्ने कार्य गरेको हुँदा उक्त उनलाई उनी विरुद्ध पनि मुद्दा दायर गररिएको छ ।

भण्डार शाखाका खरिदारदासले भण्डार दाखिला प्रतिवेदनमा बदनियतसाथ बोलपत्रमा उल्लेख भएको कम्पनी ब्राण्ड उल्लेख नगरी “लेडिज साइकल” भनी उल्लेख भएकोमा निजले प्रदेश सरकारलाई हानी पुऱ्याउने वदनियतले गलत लिखत तयार गरेको पाइएको छ र

त्यस्तै ओम सत्य साई प्रालि, वीरगंज, पर्सा र उक्त संस्थाको प्रवन्ध निर्देशक अग्रवालले मुख्य शेयरधनी तथा प्रवन्ध निर्देशकले खरिद सम्झौता बमोजिम अम्बिका ब्राण्डको साइकल आपूर्ति गर्नु पर्नेमा ब्राण्ड नखुलेको साइकल आपूर्ति गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमक्ष गरेको सम्झौता, ठेक्का, शर्त पालना नगरेको र निर्धारित शर्त उल्लंघन गरेको हुँदा मुद्दा दायर गरेको हो ।

 

A Levels MA
Thuprai - Books and E-books