A Levels MA

सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापना गर्न १२ देखि १५ लाख रुपियाँ अनुदान दिइने (कार्यविधि सहित)

बागमती प्रदेशका सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापना गर्न सरकारले १२ देखि १५ लाख रुपियाँ सम्म अनुदान दिने भएको छ । बागमती प्रदेशका सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न प्रदेश सरकारले छनोट भएका विद्यालयलाई प्रति विद्यालय रु. १५ लाख, त्यसैगरी विज्ञान, विषयगत प्रयोगशाला स्थापना गर्न बढीमा रु. १२ लाख अनुदान प्रदान गर्ने भएको हो ।

शिक्षा विकास निर्देशनालय बागमती प्रदेशले ‘सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना सम्बन्धी कार्यविधि, २०७८’ जारी गरी यस्तो जानकारी दिएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेटमा उल्लेख गरेको शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गतको सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना गर्न घोषणासंगै बागमतीका सामुदायिक माध्यमिक विद्यालयमा प्रयोगशाला स्थनपना हुने भएका हुन् ।

प्रदेश सरकारले सार्वजनिक गरेको चालु आवको बजेट भाषणको बुदा न. ५८ मा ‘शैक्षिक गुणस्तर सुधार कार्यक्रम मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रविधिमैत्री शिक्षा प्रणालीको विस्तार गर्दै स्वरोजगार, उद्यमशीलता र नव(अन्वेषण क्षमता अभिवृद्धिका लागि सामुदायिक विद्यालयमा सूचना तथा प्रविधि प्रयोगशाला स्थापना, विज्ञान तथा विषयगत प्रयोगशाला स्थापना, कम्पाउण्डवाल निर्माण र नमुना विद्यालय विकास गुरुयोजना लागु भएका २० वटा सामुदायिक माध्यमिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन गर्न रु। ३५ करोड बजेट विनियोजन गरेको छु’ भन्ने उल्लेख गरेको छ ।

सोही कार्यक्रमको कार्यान्वयनका लागि निर्देशनालयले कार्यविधि तयार गरेको हो । कार्यविधिले विज्ञान, विषयगत र सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने विद्यालयको पहिचान गर्ने, प्रयोगशालाको स्थापना गर्ने विद्यालय छनोटको मापदण्ड निर्धारण गर्ने, छनोट भएका विद्यालयलाई प्रयोगशालाको व्यवस्था गर्नका लागि अनुदान प्रदान गर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

कार्यविधिमा प्रयोगशाला स्थापना गर्ने विद्यालय माध्यमिक तहसम्म सञ्चालित हुनुपर्ने, विद्यालयमा विद्युत पुगेको र जडान गरेको हुनुपर्ने, विद्यालयले विज्ञान, विषयगत र सूचना प्रविधि प्रगोगशाला मध्ये जुन विषयमा आवेदन दिने हो सो

विषयको प्रयोगशाला स्थापना गर्न यस भन्दा अगाडि संघ, प्रदेश र स्थानीय तहबाट बजेट उपलब्ध नगराइएको भनी विद्यालय व्यवस्थापन समितिको निर्णय संलग्न हुनुपर्ने जस्ता शर्त राखेको छ ।

यसका अलावा कार्यविधिमा प्रयोगाशाला स्थापना गर्ने विद्यालय छनोट गर्न विभिन्न सूचक निर्धारण गरेको छ । विद्यालयको संरचना, विद्यार्थी संख्या, छात्रा भर्नादर, भौगोलिक क्षेत्र, विगत तीन वर्षको एसईईको नतिजा आदीका आधारमा विद्यालय छनोट गरिने निर्देशनालयले जानकारी दियो ।

कार्यविधिः

Thuprai - Books and E-books