A Levels MA

एमयूले विभिन्न विषयका प्राध्यापक नियुक्त गर्ने

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले विश्वविद्यालय अन्तर्गतका विभिन्न संकाय, संस्थान, केन्द्र तथा एकेडेमीहरुका लागि पीएचडी र पोस्टपीएचडी गरेका २५ जना प्राध्यापक, सह प्राध्यापक तथा उपप्राध्यापक पदका लागि आवेदन खुल्ला गरेको छ ।

विश्वविद्यालयले हालै मात्र खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरिसकेको विश्वविदालयले गुणस्तरीय उच्च शिक्षा प्रदायक संस्थाको रुपमा आफूलाई चिनाउन कोरोना महामारीको बिचमा नयाँ प्राध्यापक नियुक्त गर्न लागेको हो ।

विश्वविद्यालयले पीएचडी र पोस्टपीएचडी गरेका योग्य उम्मेदवारलाई आवेदन दिन सूचित गरेको छ । विश्वविद्यालयले नयाँँ मिसनको हिस्साको रूपमा र विश्वविद्यालयको अन्तर्गत नवीनता, उद्यमशीलता र दिगो आर्थिक र औद्योगिक विकासको बारेमा विभिन्न नीति र कार्यक्रम स्थापना गर्न विश्वविद्यालयलाई सहयोग पुयाउने उद्देश्यसहित आवेदन माग गरिएको विश्वविद्यालयले जानाएको छ ।

आर्थिक स्थायित्वको पहललाई विश्वव्यापी अभ्यासको रूपमा प्रवर्द्धन गर्ने विश्वव्यापी प्रणाली अभ्यास, राष्ट्रिय वास्तविकता, स्थानीय र क्षेत्रीय आवश्यकताहरू र नेपालको कर्णाली क्षेत्रको अवसरहरूलाई ध्यानमा राख्दै योग्य पदाधिकारी तथा कर्मचारी छनोटमा विश्वविद्यालय लागेको जनाएको छ।

Thuprai - Books and E-books