सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न सकेनः पूर्वउपकूलपति

पूर्वउपकुलपतिहरुले सरकारले कोरोना विरुद्धको कोभिशिल्डको पहिलो मात्रा लिएको आठ हप्तासम्म दोस्रो मात्रा लिनुपर्ने नागरिकले खोप पुर्याउन नसकेको भन्दै खेद व्यक्त गरेका छन् ।

पूर्व १० जना उपकूलपतिहरुले हिजो एक विज्ञप्ति जारी गरी कोरोनाविरूद्धको खोप उपलब्धताबारे सरकार गम्भीर हुन आग्रह गरेका हुन् । उपकूलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नविनप्रकाश जङ्ग शाह, कैलाशनाथ प्याकुरेल, तोरणबहादुर कार्की खगेन्द्र भट्टराई , हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यले यस्तो आग्रक् गरेका हुन् ।

‘नेपालमा कोरोना संक्रमणको गति अति तीब्र रूपमा बढेको छ र यो गति संक्रमणको उच्च गति भएका विश्वका मुलुकहरूमध्ये नेपाल पनि परेको छ । कोविड–१९ बाट बच्न उपलब्ध साधन भनेको अहिले पनि केवल खोप नै हो । तर नेपालमा खोप प्रयोगमा अत्यन्त अव्यवस्था र अस्तव्यस्तता देखिएको छ’ विज्ञप्त्मिा भनिएको छ ।

सो विज्ञप्तिमा प्राथमिकता तोकिँदा सामाजिक न्यायको कदर गरियो न सबै उमेर समूहका लागि खोप पूर्ण मात्रा उपलब्ध हुने गरी वितरणमा ध्यान दियो । कमिशनखोरहरूको अमानवीय अवरोधप्रति उदासिन भएर बस्ने प्रशासनको भूमिका निकृष्टताको पराकाष्ठा हो भनिएको छ । पूूर्व उपकूलपतिहरुले जनताको अभिभावकको भूमिकामा सरकार पूर्णतया असफल प्रमाणित भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘कोविशिल्डको पहिलो मात्रा लिएको आठ हप्तामा दोस्रो मात्रा लिनुपर्ने जनताले खोप पाउन सकेको छैन । उमेर समूह ६० देखि ६४ वर्षसम्मकाले पहिलो मात्रा पनि पाउन सकेको छैन । यी समस्याहरू सुल्झाउन सरकार के गरिरहेको छ, जनतालाई थाहा छैन । सरकारको यो निष्क्रियता प्रति खेद प्रकट गर्दै खोप लिनै नपाएका जनता र खोपको पहिलो मात्रा लिइसकेकाहरूलाई तोकिएको समयभित्रै दोस्रो मात्राको व्यवस्था अविलम्ब गरियोस् भनी हामी पूर्वउपकुलपतिहरू सरकारसग माग गर्दछौँ’ भनिएको छ ।

Thuprai - Books and E-books