SEE Result 2082

सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न सकेनः पूर्वउपकूलपति

पूर्वउपकुलपतिहरुले सरकारले कोरोना विरुद्धको कोभिशिल्डको पहिलो मात्रा लिएको आठ हप्तासम्म दोस्रो मात्रा लिनुपर्ने नागरिकले खोप पुर्याउन नसकेको भन्दै खेद व्यक्त गरेका छन् ।

पूर्व १० जना उपकूलपतिहरुले हिजो एक विज्ञप्ति जारी गरी कोरोनाविरूद्धको खोप उपलब्धताबारे सरकार गम्भीर हुन आग्रह गरेका हुन् । उपकूलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नविनप्रकाश जङ्ग शाह, कैलाशनाथ प्याकुरेल, तोरणबहादुर कार्की खगेन्द्र भट्टराई , हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यले यस्तो आग्रक् गरेका हुन् ।

‘नेपालमा कोरोना संक्रमणको गति अति तीब्र रूपमा बढेको छ र यो गति संक्रमणको उच्च गति भएका विश्वका मुलुकहरूमध्ये नेपाल पनि परेको छ । कोविड–१९ बाट बच्न उपलब्ध साधन भनेको अहिले पनि केवल खोप नै हो । तर नेपालमा खोप प्रयोगमा अत्यन्त अव्यवस्था र अस्तव्यस्तता देखिएको छ’ विज्ञप्त्मिा भनिएको छ ।

सो विज्ञप्तिमा प्राथमिकता तोकिँदा सामाजिक न्यायको कदर गरियो न सबै उमेर समूहका लागि खोप पूर्ण मात्रा उपलब्ध हुने गरी वितरणमा ध्यान दियो । कमिशनखोरहरूको अमानवीय अवरोधप्रति उदासिन भएर बस्ने प्रशासनको भूमिका निकृष्टताको पराकाष्ठा हो भनिएको छ । पूूर्व उपकूलपतिहरुले जनताको अभिभावकको भूमिकामा सरकार पूर्णतया असफल प्रमाणित भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘कोविशिल्डको पहिलो मात्रा लिएको आठ हप्तामा दोस्रो मात्रा लिनुपर्ने जनताले खोप पाउन सकेको छैन । उमेर समूह ६० देखि ६४ वर्षसम्मकाले पहिलो मात्रा पनि पाउन सकेको छैन । यी समस्याहरू सुल्झाउन सरकार के गरिरहेको छ, जनतालाई थाहा छैन । सरकारको यो निष्क्रियता प्रति खेद प्रकट गर्दै खोप लिनै नपाएका जनता र खोपको पहिलो मात्रा लिइसकेकाहरूलाई तोकिएको समयभित्रै दोस्रो मात्राको व्यवस्था अविलम्ब गरियोस् भनी हामी पूर्वउपकुलपतिहरू सरकारसग माग गर्दछौँ’ भनिएको छ ।

+2 School
Counseling
Bachelors Portal