A Levels MA

मध्यपश्चिम विश्वविद्यालयका क्याम्पसलाई ९० दिनभित्र सुधार गर्न समयसीमा

दैलेख, ६ चैत ९रासस :  मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कोइरालाले आङ्गिक क्याम्पस भएका अहिलेका १० वटा क्याम्पसका क्याम्पस प्रमुखलाई सुधार गर्न ९० दिनको समयसीमा दिनुभएको छ । नब्बे दिनभित्र राम्रो योजना बनाउनुभयो तपाईंहरु पास नत्र तपाईहरु फेल । प्रधानमन्त्री केपी ओलीले सरकारका मन्त्रीको कार्ययोजनाको मूल्याङ्कन गरेझै मैले पनि १० क्याम्पस प्रमुखको कार्ययोजना ९० दिनसम्म मूल्याङ्कन गर्ने छु । कोइरालाले भन्नुभयो । 

अब शैक्षिक व्यवस्थापन, प्रशासनिक चुस्त दुरुस्त, आर्थिक व्यवस्थापन यो कुरा जसले सुधार गर्न सक्दैन उसलाई काँधमा हाल्न नसकिने उहाँले बताउनुभयो । विसं २०५४ मा स्थापना भएको दैलेखको नारायण क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको मातहतमा सञ्चालन हुनेगरी सरकारी क्याम्पसको मान्यता पाएको सन्र्दभमा औंपचारिक उद्घाटन गर्न दैलेख आएका उपकुलपति कोइरालाले भन्नुभयो , “क्याम्पसको भौतिक पूर्वाधार राम्रो छ, स्थानीय सरकारले गर्ने काम सबै भएको छ । सञ्चालक समितिले गर्ने काम सबै गरेको छ तर प्राध्यापक र शिक्षकले गर्ने काम कुनै पनि भएको छैन् ।” 

विसं २०५४ मा स्थापना भएको क्याम्पसमा अहिलेसम्म पढेका पाँच हजार विद्यार्थीमध्ये जम्मा एक हजार ५०० मात्र पास हुनु लाजमर्दो कुरा हो । दैलेखको नारायण क्याम्पसमा अहिले पनि मानविकि पढ्ने विद्यार्थी ४५ जना मात्रै रहेका छन् भने शिक्षक सबैभन्दा धेरै यसैमा रहेका छन् । 

तत्कालीन मध्यपश्चिमका कोहलपुर, बर्दिया, रोल्पा र कर्णाली प्रदेशका दैलेख, सुर्खेत, मुगु, कालिकोट, जाजरकोट, रुकुम गरी सात वटा स्थानमा रहेका विभिन्न क्याम्पसलाई सरकारको मातहतमा रहने गरी आङ्गिक क्याम्पस घोषणा गरिएको छ । 

Thuprai - Books and E-books