बोर्डको विभिन्न पदमा कर्मचारी आवश्यक,४५ वर्षसम्मकाले आवेदन दिन पाउने (विज्ञापनसहित)

राष्ट्रिय परीक्षा बोर्डका विभिन्न कार्यालयका लागि खुलातर्फ  ७३ र आन्तरिक बढुवा तर्फ ११३  जनाको विविध दरबन्दीमा कर्मचारी माग गरिएको छ ।  

खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी बोर्ढले आज दरखास्त आव्हान गरेको छ । खुला, ज्येष्ठता र कार्य सम्पादन तथा कार्यक्षमताको  मूल्याङ्कनद्वारा हुने बढुवा, सीमित आन्तरिक प्रतियोगिता परीक्षाद्वारा हुने  पदपूर्ति सम्बन्धी दरखास्त आह्वान गरेको हो ।

लोक सेवा आयोगबाट सहमति लिई राष्ट्रिय परीक्षा बोर्डको कर्मचारीको सेवा, सर्त र सुविधा सम्बन्धी विनियम, २०७६ को विनियम २२ (२), ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा तथा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाद्वारा  पदपूर्ति  गर्नुपर्ने  भएकोले  बोर्ड  र  बोर्ड  अन्तर्गतका  कार्यालयहरूमा  कार्यरत  कर्मचारीहरूमध्ये  राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको सेवा, सर्त र सुविधा सम्बन्धी विनियम, २०७६ को विनियम २२ (२) बमोजिम र  शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा ४ ङ को (४) एवं बोर्डको कर्मचारी सेवा सर्त तथा सुविधा सम्बन्धी विनियम २०७६ को विनियम ९(२) को (११) र (१२) बमोजिम दरखास्त आव्हान गरेको हो ।

खुलातर्फ तोकिएको योग्यता पुगेका उम्मेदवारहरूबाट यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले तीस दिनभित्र नियमित शुल्कमा र दोब्बर शुल्क तिरी थप सात दिनभित्र दरखास्त दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ । बढुवा तर्फको दरखास्त फाराम भदौ ४ सम्म बुझाउन सकिनेछ भने, उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिन बुझाउन सकिने सूचनामा उल्लेख गरिएको छ । 

खुलातर्फ

आन्तरिक बढुवा तर्फ

Thuprai - Books and E-books