After SEE Portal

नमुना मच्छिन्द्र माविको ७२ औँ वार्षिकोत्सव सम्पन्न

Bridge Course

नमुना मच्छिन्द्र माध्यमिक विद्यालय लगनखेलले आफ्नो ७२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नमुना मच्छिन्द्र क्याम्पसको भवन निर्माणका लागि महानगरले सहयोग गर्ने भएकाले प्रस्ताव महानगरमा लिएर आउन आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि एवम्  ललितपुरको ऐतिहासिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 कार्यक्रमका विशिष्ट अतिथि तथा राष्ट्रिय अभिभावक महासंघका अध्यक्ष तथा विद्यालयका सल्लाहकार सुप्रभात भण्डारीले शिक्षकले विद्यार्थीको सर्वाङ्गीण विकाशमा जोड दिनुपर्ने र अभिभावकहरूले पनि आफ्ना बालबालिकाको विशेष क्षमता भएको क्षेत्र पहिल्याउन सहयोग गर्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ललितपुर १५ का वडा अध्यक्ष सुरेशबहादुर शाहीले विद्यालयको भौतिक निर्माणका लागि सहयोग गर्न महानगरका मेयरसँग अनुरोध गरे ।

विभिन्न समस्याका बिच विद्यालयले गुणस्तर वृद्धिमा काम गरिरहेको थप काम गर्दै अघि बढ्ने बताए । 

विद्यालयका प्रधानाध्यापक राधाकृष्ण महतले ललितपुरको एक ऐतिहासिक विद्यालयका रूपमा रहेको नमुना मच्छिन्द्र माविको शैक्षिक गुणस्तर वृद्धि गर्दै बालबालिकाको सर्वाङ्गीण विकासमा सबैको साथ र सहयोग आवश्यक पर्ने बताए । 

विद्यालयका सहायक प्रधानाध्यापक विनोद ढुङ्गानाले विद्यालयलाई विश्वास गरेर आफ्ना बालबालिका भर्ना गर्ने अभिभावलाई धन्यवाद दिँदै बालबालिकाको अध्ययन तथा अन्य क्रियाकलापप्रति विद्यालयमा आएर बुझ्ने र चासो राख्ने गर्न अनुरोध गरे।

A Levels MA