५३४ जना विदेशी विद्यार्थीको भिसा नेपालमा सक्रिय

भारत बाहेक अन्य मुलुकबाट अध्ययनका लागि यी विद्यार्थी नेपाल आएको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । विभागका अनुसार कोरिया, अस्ट्रेलिया, चीनलगायतका देशबाट आउने विद्यार्थी विश्वभाषा क्याम्पसमा  भाषा पढिरहेका छन् भने, सार्क मुलकबाट आएका विद्यार्थी चिकित्सा शिक्षाका विभिन्न तहमा अध्ययन गरिरहेका छन् ।

विदेशी विद्यार्थी ५३४ जना अध्ययन भिसामा नेपाल आएका छन् । अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी कमलप्रसाद पाण्डेका अनुसार नेपालमा अध्ययन गर्न विभिन्न देशबाट नेपाल विद्यार्थी आएका हुन् ।

भारत बाहेक अन्य मुलुकबाट अध्ययनका लागि यी विद्यार्थी नेपाल आएको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । विभागका अनुसार कोरिया, अस्ट्रेलिया, चीनलगायतका देशबाट आउने विद्यार्थी विश्वभाषा क्याम्पसमा  भाषा पढिरहेका छन् भने, सार्क मुलकबाट आएका विद्यार्थी चिकित्सा शिक्षाका विभिन्न तहमा अध्ययन गरिरहेका छन् ।

विभागका अनुसार पुसमा, ५३ मंसिरमा १२१ जना, कार्तिकमा ३६, असोजमा ७०, भदौमा ८६, साउनमा १०५, असार १०५ जनासहित ५७६ जना विदेशी विद्यार्थी नेपाल आएको तथ्याङ्क भएपनि हाल नेपालमा ५३४ जना विदेशी विद्यार्थीको भीसा सक्रिय रहेको निर्देशक पाण्डेले जानकारी दिए ।

यसका अलावा नेपालमा पर्यटन भिसाबाहेक नाता भिसा, वैवाहिक भिसा, कामदार भिसा, अध्ययन भिसा, आवासीय भिसा, प्रेस भिसा र ननटुरिष्ट भिसा जारी हुने गरेको छ । यसबाहेक व्यावसायिक भिसा समेत जारी हुँदै आएको छ ।

Degrees offered in nepal
Counseling
Bachelors Portal