१२औँ इक्यान शैक्षिक मेलामा ५० हजारले गरे अवलोकन

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आयोजनामा सम्पन्न चारदिने १२औँ इक्यान शैक्षिक मेलामा करीब ५० हजारले अवलोकन गरेका छन् ।

उच्च शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजित मेलामा अष्ट्रेलिया, जापान, अमेरिका, बेलायत, न्युजिल्याण्ड, क्यानडा युरोपसँगै छिमेकी मुलुकहरु भारत, चीन, बङ्गलादेशलगायतमा अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श दिइएको थियो ।

इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले वर्षाका कारण केही प्रभावित भए पनि विद्यार्थीको आकर्षण नघटेको जनाउनुभयो । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बिहीबार मेलाको उद्घाटन गर्नुभएको थियो । मेलामा ३०० भन्दा बढी स्टलबाट वैदेशिक शिक्षाका बारेमा जानकारी उपलब्ध गराइएको थियो ।

Degrees offered in nepal
Counseling
Bachelors Portal