चौथो संस्करणको स्किल हिरो अवार्ड सम्पन्न

चार जनालाई स्किल हिरो अवार्ड प्रदान गर्दै ‘स्किल वीक २०२३’ समापन भएको छ ।

चौथो संस्करणको सो कार्यक्रममा  पर्यटन र आतिथ्यका लागि शेफ सन्तोष शाह,कला र संस्कृतिाका लागि सुश्री सीमा गोल्छा, उद्यमशीलता विधामा  प्रिज्मा एडभर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचाय र विज्ञान तथा प्रविधि विधाका लागि र सुश्री प्रिया अधिकारीलाई अवार्ड प्रदान गरेको हो ।

आईतवार द सोल्टी होटेलमा आयोजित विशेष समारोहका विच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र १००+ इच्छुक उत्साहीहरुको उपस्थितिमा अवार्ड प्रदान गरिएको छ ।

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमूलक रोजगारीका अवसर, बद्द्दो सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रविधि लगायत कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिइ स्किल वीक कार्यक्रम १३ मार्चदेखि १९ मार्चसम्म सञ्चालन भएको थियो । यस कार्यक्रममा चार फरक सिप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रविधि रहेका थिए ।