After SEE Portal

म्याग्दी र मुस्ताङ जिल्लाका ४० विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

Bridge Course

गलेश्वर, १ चैत (रासस):  हाम्रो माया नेपाल जर्मन र स्वयंसेवा नेपाल नामक संस्थाले म्याग्दी र मुस्ताङ जिल्लाका ४० आधारभूत विद्यालयलाई रु २० लाख मूल्य बराबरका स्टेशनरी सामग्री सहयोग गरेको छ । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा आयोजित झोला र स्टेशनरी सामग्री वितरण कार्यक्रममा हाम्रो माया नेपाल जर्मनका सदस्य नाविङ कुरुसले झोला र स्टेशनरी सामग्री वितरण गर्दै दुई जिल्लाका ४० सामुदायिक विद्यालयमा रु २० लाख मूल्यका स्टेशनरी सामग्री वितरण गरिएको बताउनुभयो । 

सोही कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–३ दाना र वडा नं ४ नारच्याङका–८ विद्यालयमा अध्ययनरत करीब दुई हजार विद्यार्थीलाई झोलासहित स्टेशनरी सामग्री वितरण गरिएको सहयोगी संस्था स्वयंसेवा नेपालका कोषाध्यक्ष विशाल गुरुङले जानकारी दिनुभयो । 

कोषाध्यक्ष गुरुङले दिएको जानकारीअनुसार हाम्रो माया नेपाल जर्मनसँगको सहकार्यमा स्वयंसेवा नेपालले देशका विकट ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई झोलासहित स्टेशनरी सामग्री सहयोग गर्दै आएको छ । 

अहिलेसम्म नेपालका १० हिमाली र पहाडी जिल्लामा सहयोग सामग्री वितरण गरिसकेको कोषाध्यक्ष गुरुङले जानकारी दिनुभयो । विपन्न, दलित र जनजाति समुदायका बालबालिकाले अध्ययन गर्ने दुर्गम जिल्लाका ग्रामीण भेगमा रहेका विद्यालयलाई सहयोगस्वरुप स्टेशनरी सामग्री वितरण गरिएको उहाँको भनाइ थियो । 

स्टेशनरी सामग्री प्राप्त भएपछि दुर्गम ठाउँका विपन्न परिवारका बालबालिकालाई पढाइमा सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिका तीन दानाका वडाध्यक्ष नरसिंंहबहादुर पुर्जाले बताउनुभयो । 

A Levels MA