A Levels MA

चार न्यून दृष्टियुक्त विद्यार्थी एसइई परीक्षामा सहभागी

हुम्ला, १० चैत (रासस) : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा जिल्लाबाट नौ सय ५३ परीक्षार्थी परीक्षमा सहभागी भएका छन् । जिल्लाको मानसरोवर माध्यमिक परीक्षा केन्द्र र सर्केगाड केन्द्रबाट गरी चार न्यून दृष्टियुक्त विद्यार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा एकाइ समिति प्रमुख वर्ष फडेराले जानकारी दिनुभयो । 

सदरमुकाम सिमकोटस्थित हिमाली शिक्षा र विकास हेड नेपालमा आश्रय लिएर अध्ययन गर्दै आएका दुई न्यून दृष्टियुक्त विद्यार्थीले मानसरोवर माध्यमिक विद्यालयबाट परीक्षा दिएको मानसरोवर मावि परीक्षा केन्द्रका अध्यक्ष अमरबहादुर शाहीले जानकारी दिनुभयो । बालमन्दिरका हिमाली शिक्षा र विकास हेड नेपालका सरिता बुमी तथा प्यारीलाल ऐडीले परीक्षा दिँदैछन् । उनीहरुले सहयोगीका भरमा परीक्षा दिइरहेको फडेराले बताउनुभयो । 

Thuprai - Books and E-books