A Levels MA

इलामका विद्यालयको नाममा साढे चार करोड रुपियाँ बेरुजु

इलामको विद्यालयका भौतिक संरचना निर्माण, मर्मत संहार र खानी व्यवस्थापन शीर्षकमा विनियोजन भएको करिब साढे ४ करोड रूपियाँ एक दशकदेखि फस्र्यौट हुन सकेको छैन ।

आर्थिक वर्ष २०६९–७० देखि २०७४–७५ सम्म जिल्लाका ११५ विद्यालयले खर्च गरेको ४० हजारदेखि २० लाख रूपियाँसम्मको बेरुजु रकम फस्र्यौट हुन नसकेको हो।

विद्यालयको पूर्वाधार व्यवस्थापनका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत् खर्च भएको रकम अहिले सम्म फस्र्यौट नगरिएको शिक्षा विकास तथा समन्वय इकाईले जानकारी दियो।

इकाइले केही दिन अघि सार्वजनिक गरेको बेरुजु विवरण अनुसार देउमाई नगरपालिकास्थित भानुभक्त माविलाई पूर्वाधार निर्माणका लागि प्रदान गरिएको २० लाख रूपियाँ अहिलेसम्म फस्र्यौट गरेको छैन । त्यस्तै, माइजोगमाईस्थित ज्ञानोदय मावि र माङ्सेबुङस्थित जीवनज्योति मावि, चुलाचुलीस्थित भानु मावि, चिसोपानी माविले १८–१८ लाख रूपियाँ बेरुजु फस्र्यौट गरेका छैनन् ।

माइजोगमाईको नामसालिङ मावि, देउमाई नगरपालिकाको जनता आधारभूत विद्यालय, र फाकफोकथुमको विजय आधारभूत विद्यालयका नाममा १६–१६ लाख रुपियाँ फस्र्यौट गर्न बाँकी रहेको छ ।

त्यसैैगरी सन्दकपुरको स्याम्बल माविले र माङ्सेबुङस्थित चिसोपानी माविले १४ लाख, फाकफोकथुमस्थित कालीकादेवी आवि र रोङको मोतीराम माविले साढे १३ लाख रूपैयाँका दरले र अन्य विद्यालयको पनिबेरुजु फस्र्योट गर्न बाँकी देखिएको इकाई प्रमुख शम्भु थापामगरले बताए ।

केही महिनाअघि मात्र जम्मा बेरुजुको करिब आधाको हिसाब–किताब र कागजात महालेखापरीक्षण कार्यालयमा इकाले पठाएको छ । अन्य विद्यालयको भने बेरुजु फस्र्यौट गर्न समस्या देखिएको छ । ‘जिल्लाका ११५ विद्यालयको भवन, शौचालय निर्माण र खानेपानी व्यवस्थापनका लागि प्रदान नगरिएको करिब ९ करोड रुपियाँ बेरुजु थियो ।’ उनले भने, ‘इकाइले लामो प्रयास गरेर आधाबेरुजु फस्र्यौट गरेको भए पनि बाँकी बेरुजु फस्र्यौट गर्न समस्या देखिएको छ ।’

विद्यालयीय शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेसंगै शिक्षाको प्राविधिक दरबन्दी हटाइएपछि सम्पन्न भइसकेका र निर्माण अधुरो रहेका संरचनाको समेत प्राविधिक प्रतिवेदन आउन नसक्दा बेरुजु बढी भएको प्रमुख थापामगर बताउँछन् ।

Thuprai - Books and E-books