After SEE Portal

चार दिनमा एक लाखले गरे शैक्षिक मेलाको अवलोकन

Bridge Course

काठमाडौँ, ६ साउन (रासस): नेपाल शैक्षिक परामर्श संघ (इक्यान) द्वारा आयोजित १२औँ शैक्षिक मेलामा चार दिनमा एक लाखभन्दा बढीले अवलोकन गरेका छन् । विशेष गरी वैदेशिक रोजगारीमा जान चाहने विद्यार्थी र अभिभावक लक्षित गरी आयोजना गरिएको शैक्षिक मेलामा इक्यानको लक्ष्यअनुरुप एक लाख अवलोकनकर्ता भित्र्याउन सफल भएको इक्यान मेला संयोजक दीपकराज भुसालले बताउनुभयो । “विगतका मेलाभन्दा यस वर्षको मेला उल्लासपूर्णरुपमा सफल भयो”, उहाँले भन्नुभयो । इक्यान मेलाबाट आफूले थुप्रै जिज्ञासा मेटाउने अवसर पाएको मेलामा सहभागी शिवानी केसीले बताउनुभयो । “नेपालमा बिएस्सी नर्सिङ सकिएपछि अष्ट्रेलिया जाने सोचमा छु, यसबाट पछि कहाँ गएर तयारी कक्षा लिने भन्नेमा ढुक्क छु”, उहाँले भन्नुभयो । अर्का टोखाका राजन लामिछाने पनि छोरीलाई जापान पठाउने सोचमा हुनुहुन्छ । इक्यानमा आएपछि ठगिनबाट बच्न यस्ता मेलामा सहभागी बन्नुपर्ने बताउनुभयो । 

काठमाडौँको भृकुटीमण्डपमा सञ्चालित इक्यान मेलालाई सघाउने शैक्षिक संस्थाका प्रतिनिधिलाई मायाको चिनो प्रदान गर्नुहुँदै इक्यानका अध्यक्ष विष्णुहरी पाण्डे । तस्बिर ः मीना घोरसाइने, रासस

विशेषगरी विद्यार्थीलाई सही परामर्श दिने उद्देश्यले नै शैक्षिक मेलाको आयोजना गरिएको इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले जानकारी दिनुभयो । 

A Levels MA
Thuprai - Books and E-books