A Levels MA

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४,६६५ परीक्षार्थी सहभागी हुने

चिकित्सा शिक्षा आयोगद्वारा लिइने चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका छन् । उक्त परीक्षामा भोलि १९ हजार ५०८ दोस्रो दिन (२० गते) १२ हजार २६२ र तेस्रो दिन (२१ गते) २ हजार ८९५ परीक्षार्थी सहभागी हुने भएका हुन् ।

भोलि देखि सुरु हुने परीक्षामा कूल १११ परीक्षा केन्द्र निर्धारण गरिएको आयोगद्वारा जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

परीक्षाको अर्यदा विपरीत प्रसित समाचार प्रति आयोग गम्भीर

आयोगबाट विगतमा सञ्चालन भएका परीक्षाहरूमा कतिपय अनाधिकृत व्यक्ति तथा क्षेत्रबाट अस्वभाविक र परीक्षाको मर्यादा विपरित गरिएका अनर्गल समाचार र सामाजिक सञ्जालमा गरेका अमर्यादित प्रचारबाजीहरूलाई चिकित्सा शिक्षा आयोग कार्यकारी समितिले गम्भीर रूपमा लिएको सूचनामा उल्लेख गरेको छ । उक्त विषयको अध्ययन गरी प्रतिवेदन पेश गर्न गठित समितिले त्यस्ता अमर्यादित तरिकाले प्रचार प्रसार गर्ने व्यक्तिहरूको नामनामेसी सहित प्रतिवेदन पेश गरेको अवस्थामा आसन्न परीक्षामा लगनशील र संवेदनशील भएर परीक्षाको तयारी गरिरहेका परीक्षार्थीहरूलाई त्यस्ता गलत र भ्रामक प्रचारप्रसारबाट गम्भीर असर पर्न जाने सूचनामा उल्लेख गर्दै, परीक्षा जस्तो संवेदनशील विषयमा त्यस्ता भ्रामक र अनाधिकृत प्रचारबाजी कोही कसैबाट नगर्न, नगराउन आयोगले अनुरोध समेत गरेको छ ।

परीक्षार्थीहरूलाई समयमै आफ्नो प्रवेशपत्र प्रिन्ट गरी त्यसमा उल्लेख भएका विवरणहरू पालना गरी निर्धारित मिति र समयमा तोकिएको परीक्षा केन्द्रमा प्रवेश गरी मर्यादित ढङ्गबाट परीक्षामा सहभागी हुन र परीक्षार्थीका अभिभावकहरूलाई समेत आयोगबाट सम्प्रेषण हुने सूचना बाहेक अन्य प्रचारबाजीका पछि नलागी परीक्षालाई मर्यादित र व्यवस्थित तुल्याउनका लागि आवश्यक सहयोग गर्न अनुरोध गरेको छ ।

Thuprai - Books and E-books