A Levels MA

​लुम्बिनी वाणिज्य क्याम्पसमा दोश्रोपटक अन्तराष्ट्रियस्तरको​ कन्फ्रेन्स हुदै

मोहन पौडेल मंसिर ९: बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा दोश्रोपटक अन्तराष्ट्रियस्तरको अनुसन्धानमुलक कन्फ्रेन्स हुने भएको छ । लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समितिको स्वीकृतिबमोजिम अनुसन्धान तथा विकास विभागकोे सोमवार क्याम्पसमा बसेको बैठकले सो कन्फ्रेन्सको आयोजना गर्ने निर्णय गरेको हो ।

प्रत्येक २/२ वर्षमा अन्र्तराष्ट्रिय सेमिनार आयोजना गर्ने क्याम्पसको रणनीतिअनुरुप लुम्बिनी बाणिज्य क्याम्पस अनुसन्धान तथा बिकास विभागको आयोजनामा सन् २०२० को डिसेम्बर ३ र ४ मा पनि प्रज्ञानम् ब्रह्म ०२ इन्टरनेशनल कन्फ्रेन्स अन रिसेन्ट डेभलपमेण्ट्स इन विजनेश, म्यानेजमेन्ट एण्ड सोसल साइन्स विषयक २ दिने कन्फ्रेन्स आयोजना गर्न लागिएको हो । कन्फ्रेन्समा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अनुसन्धानकर्ताको अनुसन्धानमुलक लेख तथा कृतिहरुको प्रस्तुतीकरण, छलफल र विज्ञहरुको टिप्पणी रहने छ । 

कन्फ्रेन्समा वाणिज्य, व्यवस्थापन र सामाजिक अध्ययनको वर्तमान विकासका विविध क्षेत्रको सेरोफेरोमा आधारित बिभिन्न विधामा स्वदेशी तथा विदेशी विश्वविद्यालयका प्राध्यापक र अनुसन्धानकर्ताहरुले अनुसन्धानमुलक लेख प्रस्तुत गर्नुहुनेछ । विभिन्न विश्वविद्यालयका पदाधिकारीहरु, वरिष्ठ प्राध्यापक तथा अनुसन्धानकर्ताहरु समेत गरि ३ सय जनाको सहभागिता गराउने लक्ष्य रहेको र दुई दिनसम्म चल्ने कन्फ्रेन्समा करिव १०० भन्दा बढी कार्यपत्र प्रस्तुतिका लागि दर्ता हुने अपेक्षा गरिएको छ । 

कन्फ्रेन्स सफलतापूर्वक सम्पन्न गर्न र प्रभावकारी व्यवस्थापनका लागि मुल व्यबस्थापन समिति र त्यस अन्तरगत १९ वटा उपसमितिहरु गठन गरि तयारी गरिसकिएको कार्यक्रम संयोजक एवं अनुसन्धान तथा विकास विकास विभाग प्रमुख प्रा.डा. णकष्ृण भट्टराईले जानकारी दिनुभयो । 

प्राध्यापक तथा विद्यार्थी पनि अनुसन्धान तर्फ केन्द्रित नहुने हो भने अवको शिक्षा भरपर्दो र व्यवहारिक नहुने बताउदै  शिक्षालाई कामकाजी बनाउन र शैक्षिक बेरोजगार अन्त्यका लागि बिद्यार्थीलाई अनुसन्धानउन्मुख बनाउनु अपरिहार्य रहेकाले कन्फ्रेन्स आयोजना गर्न लागिएको क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले बताउनु भयो । उहाँले भारत, बगंलादेश, पाकिस्तान, भुटान, चीन, ईटली, बेलायत लगायत मुलुकका प्राध्यापक तथा अनुसन्धानकर्ताहरुको कन्फ्रेन्समा सहभागिता रहने जानकारी समेत दिनुभयो । 

Thuprai - Books and E-books