Bachelors Portal

लर्डबुद्ध एजुकेसन फाउण्डेसनको २५ औं बार्षिकोत्सव  सम्पन्न

लर्डबुद्ध एजुकेसन फाउण्डेसनको २५ औं बार्षिकोत्सव आज सम्पन्न भएको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल सूचना प्रविधिको विकाससँग जोडिसकेकाले अब यो क्षेत्रलाई थप परिष्कृत र सुसंस्कृत बनाई उन्नत प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बताए । ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’ को रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै  गर्दै उपराष्ट्रपति  यादवले भने, “दुई दशकयता सूचना प्रविधि क्षेत्रमा मुलुकले उल्लेख्य प्रगति हासिल गरे पनि त्यसैमा सन्तोष मानेर हामी बस्नु हुन्न । हामीले यो क्षेत्रलाई थप उचाइमा पु¥याउन आवश्यक छ ।”

नेपालमा सूचना प्रविधिको युग शुरु नहुँदै स्थापना भएको फाउण्डेसनले सूचना प्रविधिको विकासमा निजी क्षेत्रको तर्फबाट लर्ड बुद्ध एजुकेसन फाण्डेसनले खेलेको भूमिका अतुलनीय रहेको बताए ।

फाउण्डेसनले विगत ४ वर्षदेखि सातै प्रदेसमा १–१ जना महिलालाई निशुल्क शिक्षा उपलव्ध गराएर महिला शिक्षामा जोड दिएको सुन्दा निकै खुसी लागेको बताए  ।

फाउण्डेसनले प्राविधिक शिक्षाको माध्यामबाट पढ्दै कमाउँदै भन्ने सरकारी नीतिको व्यवहारिक कार्यन्वयन गरिरहेको  बताउँदै उनले भने, ‘प्रविधिको क्षेत्रमा अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनसक्ति उत्पादन गर्न आवश्यक छ ।’

समावेशी र सिपमूलक शिक्षा मार्फत स्वदेशमै युवालाई आर्कषित गर्न भएको औंल्याउँदै उनले भने, ‘पछिल्लो समय युवाहरु विदेशी क्रम तीव्र भएको छ । यसले हामीलाई निकै चिन्तित तुल्याएको छ । स्वदेशमा भविश्य नदेखेर पलायन हुनुपर्ने वाध्यतालाई अन्त्य गरिनुपर्दछ । आफ्नो जनिम बाँझो छ । वार्षिक साढे २ खर्व हाराहीको खाद्यन्ह आयात गर्नुपर्ने बाध्यताले परनिर्भरताको कहाली लाग्दो अवस्था दर्शाएको छ । उद्योग कलकारखाना, सेवा क्षेत्रमा दक्ष जनशक्ति उपलव्ध गराउन सकियो भने अर्थतन्त्रको दिगो विकास गर्न सकिन्छ ।’

सो सभालाई सम्बोधन गर्दै शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले जुन सोच र अवधारणाका साथ यसको स्थापना भएको थियो त्यो पूरा गर्न सफल होस् भन्ने कामना गरेकी थिइन् ।

उनले  १२ हजारभन्दा बढीले यहाँबाट शिक्षा आर्जन गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थामा नेतृत्वदायी भूमिकामा रहेको भन्दै संस्थाको प्रशंसा गरेकी थिइन् ।

सो सभामा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा, नेपाल ब्रिट्रेन चेम्बर अफ कमर्सको अध्यक्ष राजेन्द्र खेतान, त्रिविका पूर्व शिक्षाध्यक्ष महेन्द्रप्रसाद सिंह एसिया प्यासिफिक विश्वविद्यालय मलेसियाका प्रमुख दत्तुक परमजित सिंहलगायतले फाउण्डेसनको योगदानका बारेमा चर्चा गरेका थिए ।

फाउन्डेसनका अध्यक्ष पंकज जलान र कार्यकारी निर्देशक प्रकाश कुमार केजविालले संस्थाले धेरै आरोह अवरोह पारगर्दै यहाँसम्म आइपुगेको बताए ।

 फाउण्डेसनले हालसम्म १२ हजारलाई औपचारिक शिक्षा प्रदान गरेको अध्यक्ष जालानले जानकारी दिए ।

सो संस्थाले सात प्रदेशबाट बर्सेनि एक जना छात्रालाई पूर्ण छात्रवृत्ति र ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

Thuprai - Books and E-books