After SEE Portal

सामुदायिक विद्यालयमा दिवा खाजाः २२ लाख बालबालिकालाई पुर्याउने लक्ष्य

Bridge Course

२२ लाख बालबालिकालाई दिवा खाजा खुवाइदैंसरकारले २२ लाख बालबालिकालाई दिवा खाजा खुवाउने लक्ष्य राखेको छ ।

आगामि असार मसान्त भित्र शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले २२ लाख २९ हजार बालबालिकालाई दिवाखाजा खुवाउने गरी कार्यक्रमलाई अघि बढाएको जनाएको छ ।

सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि २०७३ अनुरुप दिवा खाजा कार्यक्रम अघि बढेको हो । बालबालिकालाई खाजा उपलब्ध गराउन विद्यालयगत तथ्यांकका आधारमा प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँका दरले १ सय ८० दिनका लागि एकमुष्ट विद्यालयको खातामा निकासा गरिन्छ । 

विशेष क्षेत्र तथा अति सीमान्तकृत, लोपोन्मुख जातिका बालबालिका र जिल्लाका अन्य विद्यार्थीका लागि समेत दिवा खाजा उपलब्ध गराउन शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले अनुदानस्वरूप विद्यालयलाई सो रकम उपलब्ध गराउने गरीएको मन्त्रालयका प्रवक्ता दिपक शर्माले वताए । कार्यविधिमा स्थानीयस्तरमा उपलब्ध हुने खाद्य पदार्थबाट सम्बन्धित विद्यालयका खाजा व्यवस्थापन समितिले विद्यार्थीलाई खाजा उपलब्ध गराइने उल्लेख छ ।

 के के खुवाईन्छ खाजाका परीकारमा ? 

कार्बोहाइड्रेट समूह (शक्ति दिने) जस्तैः– चामल, गहुँ, मकै, कोदो, फापर, जौ, आलु, तरुल, सखरखण्ड आदि ।

प्रोटिन समूह (शारीरिक विकास गर्ने ) जस्तैः– भटमास, सिमी, केराउ, चना, गेडागुडी, माछा, मासु, अण्डा आदि ।

मिनरल समूह (शक्ति दिने, प्रतिरक्षात्मक) जस्तैः– हरिया सागपात र अन्य हरिया तरकारीहरू ।

भिटामिन मिनरल्स

(शरीरका अङ्गहरूको सन्तुलित विकास र कार्य क्षमता बृद्धि गर्नें) 

जस्तैः– स्याउ, सुन्तला, जुनार, नासपती, मेवा, केरा आदि ।चिल्लो पदार्थ समूह,जस्तैः– घ्यू, तेल, नौनी, दूध, दही आदि ।

A Levels MA