see.edusanjal.com बाट एसईईको नतिजा हेर्नुहोस्ः
राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छ । परीक्षा बोर्डको अहिले बसेको बैठकको निर्णयले नतिजा सार्वजनिक गरेको हो ।
बोर्डले २०७९ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा बेवसाइट, एसएमएस र आईभीआरबाट हेर्न मिल्ने गरी प्रकाशन गरेको छ । एसईईको नतिजा लेटर ग्रेडिङ पद्धति २०७२ अनुसार नतिजा प्रकाशन गरेको छ । २०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका थिए ।
एसईई परीक्षामा सहभागी परीक्षार्थीमध्ये ४३१ जनाको परीक्षा रद्द भएको जनाएको छ । बोर्डले बिहीबार नतिजा सार्वजनिक गर्ने क्रममा ४३१ जना परीक्षार्थीको परीक्षा रद्द हुनुका साथै २९० जनाको स्थगित भएको जनाएको हो ।
आज सार्वजनिक गरिएको एसईईको नतिजामा जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ३.६–४.० जीपीए ल्याएका छन् । कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गत वर्षको भन्दा ४.६३ प्रतिशत कमले सो जीपीए प्राप्त गरेको बोर्डले सार्वजनिक गरेको छ ।
त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९, वा कुल विद्यार्थीको ११.३६ प्रतिशतले यो समूहको जीपी ल्याउन सफल भएका छन् । २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, वा कुल विद्यार्थीको १४.९२ प्रतिशतले यो समूहको जीपी ल्याउन सफल भएका छन् ।
त्यसैगरी २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ वा कुल विद्यार्थीको १८.४२ प्रतिशतले यो समूहको जीपी ल्याउन सफल भएका छन् । सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १ लाख २ हजार २९३ छ । यो समूह कुल विद्यार्थी संख्याको २१.०९ प्रतिशत रहेको छ ।
त्यस्तै १.६ देखि २.० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७ वा कुल विद्यार्थीको १८.४२ प्रतिशतले यो समूहको जीपी ल्याउन सफल भएका छन् । १.२० देखि १.६० जीपीए ल्याउने ३८ हजार ७७० यो समूह कुल विद्यार्थी संख्याको ७.९९ प्रतिशत रहेको छ । ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या २ हजार २०० रहेको छ । यो समूहमा ०.४५ प्रतिशत विद्यार्थी रहेका छन् ।