A Levels MA

७९९ शिक्षकको उमेरहदका कारण अवकास

उमेरहदका कारण सामुदायिक विद्यालयमा कार्यरत देशभरका ७९९ शिक्षकलाई अवकास दिने तयारी थालिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उमेरहदका कारण विभिन्न तहमा कार्यरत शिक्षकहरूलाई सेवाबाट अवकास गर्न लागिएको हो । उनीहरूलाई आगामी असार मसान्त भित्र सेवानिवृत्त गरिने विद्यालय शिक्षक किताब खानाले जानकारी दियो ।

सेवा निवृत्त हुने शिक्षकहरूमा माध्यमिक तहका ७४ जना, निम्न माध्यमिक तहका १०९ जना र प्राथमिक तहका ६१६ जना रहेको किताब खानाका सूचना अधिकारी संगीता रेग्मीले जानकारी दिइन् ।

*हाम्रो असाबधानीले समाचारको शीर्षकमा  गलत शब्द चयन भएकोमा त्यसलाई सच्चाएको छौ । त्यस शब्दले कुनै पनि शिक्षकमा चोट पर्न गएको भए, हामी माफी माग्दछौ ।

Thuprai - Books and E-books