After SEE Portal

​सुदूरपश्चिम प्रदेशमा १७६ विद्यालय भवन निर्माण

Bridge Course

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका नौ वटा जिल्लामा १७६ विद्यालय भवन निर्माण गरेको छ । आव २०७५÷७६ मा चार कोठे ८८ वटा र दुई कोठे ८८ गरी १७६ विद्यालय भवन निर्माण गरिएका हुन । मन्त्रालयले भौतिक पूर्वाधार अभाव रहेका विद्यालयमा भवन निर्माणको कार्य गरेको मन्त्रालयका प्रवक्ता एवं उप सचिव(शिक्षा) झङ्करबहादुर विष्टले बताउनुभयो ।

चार कोठे विद्यालय भवन निर्माणका लागि रु ३६ लाखका दरले र दुई कोठे भवन निर्माणका लागि रु १६ लाखका दरले बजेट परिचान गरिएको छ । उहाँले भन्नुभयो, “मन्त्रालयबाट बजेट पठाउन केही ढिलाइ हँुदा केही विद्यालय भवन निर्माणको कार्य पूरा हुन सकेको छैन, भदौ मसान्तसम्म निर्माण कार्य पूरा गर्न समय सीमा निर्धारण गरिएको छ ।”

भवनको अभाव खेप्दै आएका विद्यालयमा भवन निर्माण भएपछि बालबालिकाले सहज रुपमा पठनपाठनको कार्य गर्न पाउने भएका छन । मन्त्रालयले सोही आवमा प्रदेशका क्याम्पस भवन निर्माणको कार्यसमेत अगाडि बढाएको छ । कूल ३२ वटा निर्वाचन क्षेत्रमा ३२ वटै खेल मैदान निर्माणको कार्यसमेत गरिएको उपसचिव विष्टले बताउनुभयो । उहाँले भन्नु भयो, “प्रदेशका बुडर, गौरी गङ्गा र अछाममा क्रिकेट मैदानसमेत निर्माण भएका छन् ।”

मन्त्रालयले पहाडी क्षेत्रका जिल्लामा रहेका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका लागि १६ वटा ‘क’ वर्गका एम्बुलेन्स समेत उपलव्ध गराउने उहाँको भनाइ थियो । एम्बुलेन्स खरीद प्रक्रिया पूरा भई हस्तान्तरणको कार्य हुन बाँकी रहेको छ । 

“महाकाली र सेती अञ्चल अस्पताललाई उपलब्ध गराउने गरी चालू आवमा दुई वटा शव बाहन खरीद गर्ने प्रक्रिया अगाडि बढेको छ” उहाँले भन्नुभयो । उहाँका अनुसार प्रदेशका तराई क्षेत्रका दुई ठूला अस्पतालमा एम्बुलेन्स सेवा भए पनि शव बाहन नभएकाले त्यसको पूर्ति गर्न लागिएको छ ।

A Levels MA
Thuprai - Books and E-books