विश्वभाषा क्याम्पसमा १६८ थान जापनी पुस्तक

I Tech store

जापानी राजदूतावासले विश्व भाषा क्याम्पसलाई १६८  पुस्तक प्रदान गरेको छ ।

 सो क्याम्पसलाई  राजदूत किकुता युताकाले विश्वभाषा क्याम्पसका प्रमुख डा यादवराज पन्तलाई १६८ जापानिज् किताब हस्तान्तरण गरेका छन्।  उक्त् पाठ्यपुस्तक निप्पोन फाउन्डेशनको ‘रिड जापान प्रोजेक्ट’ले सहयोग गरेको हो। जापानी साहित्य र संस्कृतिका क्लासिक्सदेखि समकालीन राजनीतिक र आर्थिक विषय समेटिएका पाठ्यपुस्तक प्रदान गरिएको छ ।

पुस्तक हस्तान्तरण समारोहपछि रादजूत किकुताले  भने, ‘भाषा सिक्नु भनेको लेख्न र बोल्न जान्नु मात्रै होइन, नयाँ देशको संस्कृति र संस्कार पनि जान्नु हो।’

भेटघाटमा विद्यार्थीले राजदूतसँग अन्तरक्रिया गर्नुका साथै जापानको बारेमा जिज्ञासासमेत राखेका थिए।

 

Thuprai - Books and E-books