After SEE Portal

तनहुँका १६५ विद्यालय पुनः निर्माण सम्पन्न

Bridge Course

तनहुँ २८ फागुन (रासस) : भूकम्पले क्षति पुर्याएकामध्ये १६५ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । 

शिक्षा विभाग र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट १४५ र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट २० गरी कुल १६५ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको हो । 

तनहुँमा प्रावि, निमावि र मावि गरी कूल ४८६ सामुदायिक विद्यालय रहेकोमा भूकम्पबाट २९१ विद्यालयमा क्षति पुगेको थियो । भूकम्पबाट क्षति भई निर्माण हुन बाँकी रहेका १२६ विद्यालयमध्ये चालू आर्थिक वर्षमा ५२ विद्यालय निर्माणाधीन अवस्था छन् भने बाँकी ७४ विद्यालय आव २०७५÷०७६ मा सम्पन्न गर्ने लक्ष्य रहेको राष्ट्रिय पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा तनहुँका एकाइ प्रमुख सूर्यप्रसाद क्षेत्री रानाभाटले बताउनुभयो । 

उहाँका अनुसार यस आवमा निर्माणाधीन ५२ विद्यालयमध्ये चार कोठेका २२ आरसिसी भवन छन् भने तीन कोठेका पाँच र दुई कोठेका २५ वटा ट्रष्सबाट निर्माण गर्ने छन् । “निर्माणाधीन विद्यालयको ५० प्रतिशत बढी काम भइसकेको छ”, उहाँले भन्नुभयो, “गुणस्तर सामानको प्रयोग, मापदण्डअनुरुप काम भए नभएको विषयमा अनुगमन कार्यलाई समेत तीव्रता दिने गरिएको छ । 

कक्षा कोठा नै पर्याप्त छैन 

जोखिममा रहेका विद्यालयको भवन निर्माण कार्य भइरहे पनि विद्यार्थीका लागि पर्याप्त कोठाको सुविधा पुग्न सकेको छैन । शिक्षा नियमावलीअनुरुप कक्षा १ देखि कक्षा ३ सम्म ५ कोठा, कक्षा १ देखि कक्षा ५ सम्म ८ कोठा, कक्षा १ देखि कक्षा ८ सम्म १२ कोठा, कक्षा १ देखि कक्षा १० सम्म १६ कोठा र कक्षा १ देखि १२ सम्मको लागि १८ कोठा आवश्यक पर्ने भए पनि अधिकांश विद्यालयमा उक्त नियम लागू हुन नसकेको राष्ट्रिय पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा तनहुँका एकाइ प्रमुख रानाभाटले बताउनुभयो । 

A Levels MA
Thuprai - Books and E-books