After SEE Portal

बनेपामा अझै एक हजार ५०० विद्यालय भवन पुनः निर्माण बाँकी

Bridge Course

बनेपा, २४ पुस (रासस): राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलाञ्चाकले सामुदायिक विद्यालयको भवन निर्माण सम्पन्न भएका काभ्रेका १७६ विद्यालयलाई ‘सम्पन्न प्रमाणपत्र’ वितरण गरेको छ । 

‘चौथो राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना दिवस २०७६’ को अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिमार्फत प्रमाणपत्र वितरण गरेको हो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक चुडामणि पौडेलले विद्यालयका भवन भूकम्प प्रतिरोधी रहेका जानकारी दिनुभयो । 

भूकम्प प्रभावित जिल्लामा जम्मा सात हजार ५०० विद्यालय भवन निर्माण हुनुपर्नेमा पाँच हजार ५०० बनेका , एक हजार ५०० निर्माणको चरणमा रहेको तथा अगामी एक वर्षभित्रमा सम्पन्न हुने कार्यक्रममा जानकारी दिइयो । 

कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेका प्रमुख द्धारिका पोखरेलले विद्यालय भवन निर्माणमा सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो । 

तोकिएको समयभन्दा अगाडि सम्पन्न गरिएको मध्ये महाभारत गाउँपािलका–३ फोक्सिङटारका भैरवेश्वर आधारभूत विद्यालय देउराली, धुलिखेल नगरपालिका–११ डाँडागाउँस्थित कालीदेवी मावि र रोशी गाउँपालिका–९ मङ्गलटारका मङ्गल जनविजया माविलाई प्रशंसापत्र वितरण गरिएको थियो ।

उत्कृष्ट कार्यसम्पादन गर्नुहुने सवइञ्जिनीयरमध्येबाट श्रेया झा, सविन कायस्थ, दीपक बोहोरा र निर्जल बोहोरालाई नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो । 

A Levels MA