बाढी पहिरोको कारण १३४ विद्यालयमा क्षति, १७ विद्यार्थीको निधन

 असोज १० र ११ गतेको भारी वर्षापछिको बाढी–पहिरोमापरी  १७ जना विद्यार्थीको मृत्यु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार  आज साज ५ बजेसम्म प्राप्त विवरण अनुसार हालसम्म १७ जना विद्यार्थीको मृत्यु भएको  हो ।

बुटवलको कालिका मानवज्ञान माविका  दिपेश अधिकारी र दिपिका अधिकारी सहित उनीहरुको आमाको झ्याप्ले खोलाको  पहिरोमा परी मृत्यु भएको छ । त्यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित बत्सलादेवी माविको छात्रावासमा रहेका ६ जना विद्यार्थीको समेत पहिरोमा पुरिएर मृत्यु भएको छ । त्यस्तै बनेपाको आशापुरेश्वर आधारभूत विद्यालयमा अध्ययनरत एक छात्राको घरमा सुतिरहेको समयमा पहिरोमा पुरिएर मृत्यु भएको शिक्षा मन्त्रालयले  जारी गरेको विवरणमा उल्लेख छ  ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकास्थित कुशेश्वर माविमा अध्ययनरत १ जना र सर्वोद्वार माविका २ जना विद्यार्थीको पहिरोमा पुरिएर परिवारसहित मृत्यु भएको छ । काभ्रेपलाञ्चोककै पनौती नगरपालिकास्थित श्रीराम माविमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीको समेत पहिरोमा परी मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित गोठभन्ज्याङ् माविमा अध्ययनरत २ जना विद्यार्थीको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नरगपालिकास्थित जोरपाटी माविका एक विद्यार्थीको पहिरोमा परी आफ्नै घरमा मृत्यु भएको छ ।

दोलखाको भीमेश्वर नगरपालिकास्थित अल्पाइन स्कुलमा अध्ययनरत एक विद्यार्थीको घर भत्किदा मृत्यु भएको विवरणमा उल्लेखछ ।बाढी पहिरो तथा डुबानका कारण देशभरका १३४ विद्यालयमा क्षति पुगेको  मन्त्रालयले  सार्वजनिक गरेको छ ।सप्तरी, सिराह, सर्लाही, पर्साका विद्यालय डुबानमा परेका छन् । डुबानबाट साढे १० हजार भन्दा बढी विद्यार्थी प्रभावित भएको छ ।

क्षतिको विवरण हेर्नुहास्ः