After SEE Portal

१२ कलेजका विभिन्न कार्यक्रम खारेज

Bridge Course

विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति प्राप्त विभिन्न १२ कलेलका केही कार्यक्रममा खारेजीमा पर्ने भएका छन् ।

आईसिएचएम कलेज ललितपुर, ओरिन्ट कलेज प्राली महाराजगञ्ज, वेष्टन कलेज प्रालि धनगढी, एपेक्सलाईफ स्कुल प्राली बानेश्वर लगायतका केही क्याम्पसको बीबीए, एमबीए, बीए र ए लेभल कार्यक्रम मन्त्रालयले खारेज गर्ने भएको हो ।

ती कलेजले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिकाको अनुसार प्रक्रिया पुरा नगरेको हुँदा मन्त्रालयले ती कार्यक्रम खारेजी गरेको मन्त्रालयले जानकारी दियो ।

उक्त कलेजलाई निर्देशिकाको दफा ८ को उपदफा (६क) बमोजिम २०७४ पुस १२ र २०७६ माघ २३ को मन्त्रीस्तरीय निर्णयअनुसार खारेजी गरिने शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखाले जानकारी दियो ।

A Levels MA