SEE Result 2082

शिक्षक सेवा आयोग नियमावली ५७ मा ११ औं संशोधन

मन्त्री परिषद्को आजको बैठकले शिक्षक सेवा आयोगको ११ औ संशोधनका लागि क्याबिनेटको समितिमा लाने निर्णय गरेको छ । आजको बैठकले उक्त शिक्षक सेवा आयोगको प्रस्ताव स्वीकृत गर्दै शिक्षा समितिमा लाने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षालगायत काम रोकिएका थिए । आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार ४७ जना शिक्षकको दरबन्दी रिक्त रहेको विवरण पठाइसकेको छ । प्राथमिक तहका १२ हजार ९१२, निम्न माध्यमिक तहका दुई हजार ५९३ र माध्यमिक तहका एक हजार ५४२ पदमा दरबन्दी रिक्त रहेको छ ।

नियमावलीको १० औं संशोधनले खुला र बढुवाको परीक्षालाई एउटै कसीमा राखेर सामान्य र विषयगत परीक्षाको व्यवस्था गरेको हुँदा उक्त प्रावधानलाई संशोधनगरी फरकफरक प्रावधानमा परीक्षा सञ्चालन गर्न आयोगले प्रस्ताव पठाएको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

सूचना अधिकारी मरहठ्ठाका अनुसार नियम १८ मा आयोगमा लिइने परीक्षा र ३८ मा भएको प्रावधानलाई संशोधन गरी आन्तरिक प्रतियोगितामा विषयगत परीक्षाको प्रावधानलाई संशोधन गरी १०० पूर्णांकको लिखित र अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा गरी जम्मा १२५ पूर्णांकको परीक्षाको व्यवस्था गर्ने गरी प्रस्ताव मन्त्री परिषद्मा पठाएको थियो ।

शिक्षक सेवा आयोगको विज्ञापन अनिश्चित 

आज बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक सेवा आयोग नियमावली ११ औँ संशोधन प्रस्तावलाई क्याबिनेटको समितिमा पठाउने निर्णय गरेसंगै अब शिक्षक सेवा आयोगले गर्ने भनिएको विज्ञापन अनिश्चित भएको छ  । आयोगको प्रस्ताव आजको मन्त्री परिषद्ले सिधै  स्विकृत गरेको भए  आयोगलाई खुला तथा आन्तरिक प्रतियोगिताका लागि बाटा खुला हुने आयोगका  एक पदाधिकारीले बताए ।   'यो प्रस्ताव कहिले स्वीकृत हुन्छ  भन्न सकिने अवस्था रहेन ।' उनले भने, 'मन्त्री परिषद्को आजको यो निर्णयले  आयोगको काम पछाडि धकेलियो, वार्षिक कार्यतालिकामा असर पर्ने भयो ।'

+2 School
Counseling
Bachelors Portal