A Levels MA

पूर्वाञ्चल विश्वविद्यालयको १० औं दीक्षान्त समारोह सम्पन्न

पूर्वाञ्चल विश्वविद्यालयको १० औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । समारोहमा विश्वविद्यालय स्वर्ण पदक र विभिन्न सङ्कायबाट २०७४ सालदेखि २०७७ सालभित्र सर्वप्रथम हुने ४२ विद्यार्थीलाई स्वर्ण पदक प्रदान गरिएको छ ।समारोहमा  स्वर्ण पदक पाउने विद्यार्थीलाई मात्र सहभागी गराइएको थियो ।

स्वर्ण पदक पाउने विद्यार्थीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पदक प्रदान गरेका  थिए ।

स्वर्ण पदक पाउने विद्यार्थीहरूः

मध्यपश्चिम विश्वविद्यालको दोस्रो दीक्षान्त समारोह मङ्गलबार हुने

मध्यपश्चिम विश्वविद्यालको मङ्गलबार हुने दोस्रो दीक्षान्त समारोहमा ५१९ विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले पाँच सङ्कायका विद्यार्थीलाई सो अवसरमा स्वर्ण पदकसमेत प्रदान गर्ने जनाएको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षता तथा सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीको प्रमुख आतिथ्यतामा सुर्खेतको वीरेन्द्रनगर कुइनेपानीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा दीक्षान्त समारोह आयोजना हुँदैछ ।

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थिति रहने दीक्षान्त समारोह प्रचारप्रसार उपसमितिका संयोजक डा लीलाधर तिवारीले जानकारी दिनुभयो । दीक्षान्त समारोह अघि विश्वविद्यालय सभा (सिनेट) को बैठक बस्नेछ ।

मानविकी तथा समाजशास्त्र सङ्कायका १५२, व्यवस्थापनका १२२, शिक्षाशास्त्रका ८५, विज्ञान तथा प्रविधिका १५ र इन्जिनियरिङका १४५ विद्यार्थी दीक्षित हुँदैछन् । विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारिधि उपाधि हासिल गरेका विद्यार्थीलाई दीक्षित गर्न लागेको हो । यसअघि विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असार १९ गते भएको थियो ।

Thuprai - Books and E-books