After SEE Portal

पुरानै परियोजनाको अनुहार झल्काउने १० वर्षे शिक्षाक्षेत्रको योजना कार्यढाँचा तयार (कार्यढाँचा सहित)

Bridge Course

शिक्षा क्षेत्रमा पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दस वर्षे नयाँशिक्षा क्षेत्र योजना निर्माण गर्ने भएको छ ।

उक्त कार्यढाँचामा शिक्षा क्षेत्रका पुरानै योजना तथा परियोजनालाई मूल्याङ्कन गरी अन्य योजना निर्माण तथा कार्यान्वयन गर्ने भनिएको छ । यसका लागि मन्त्रालयले ‘शिक्षाक्षेत्र योजना विकास कार्यढाँचा, २०७७’ तयार गरिसकेको छ ।

मन्त्रालयले २०७८साउन एक गतेदेखि लागु गरी २०८८ सम्म दुई खण्ड र तीन चरणमा सम्पन्न गर्ने गरी कार्यढाँचा सार्वजनिक गरेको छ । प्रस्तावित योजना २०७८ साउन एक गतेदेखि २०८३ असार मसान्तसम्म पहिलो खण्ड र २०८२ साउनदेखि २०८८ असार मसान्त दोस्रो खण्डमा कार्यान्वयन गरिने मन्त्रालयले जानकारी दियो ।

संवैधानिक मर्म, मुलुकले लिएको दीर्घकालीन विकासको सोच र आवश्यकतालाई आधार मानी संघ, प्रदेश र स्थानीय तहका शिक्षा क्षेत्रका प्रथमिकता पहिचान र सोको सम्बोधन हुनेगरी गरी समन्वयात्मक रुपमा दस वर्षे नयाँशिक्षा क्षेत्र योजना विकास गर्न सहयोग पुयाउने उद्देश्यले यो कार्यढाँचा तयार गरिएको हो ।

कार्यढाँचाले संघ, प्रदेश र स्थानीय तहको सामञ्जस्यतापूर्ण शिक्षा योजना निर्माणका लागि प्राविधिक आधार तयार गरी आपसी सहकार्य र समन्वय सहितको सिकाइको वातावरण, सुनिश्चित गर्ने, शिक्षा विषयक्षेत्र अन्तर्गतका विभिन्न उपक्षेत्रको वर्तमान अवस्था, उपलब्धि, प्रमुख समस्या

तथा चुनौतीको विश्लेषण गर्दै आगामी दशकका निमित्त शिक्षा विकासका अवसर र प्राथमिकता पहिचान गरी योजनामा सम्बोधन गर्ने, आपसी सहकार्यबाट शिक्षा योजना विकास गर्ने र कार्यान्वयन गर्ने क्षमता विकास गर्ने र तीनै तहका सरकारका शैक्षिक नीगित, योजना र काययक्रमहरुमा सामञ्जस्यता कायम गरी राज्यको साधन र स्रोतको उच्चतम उपयोग गरी अपेक्षित शैक्षिक उद्देश्य प्राप्त गर्ने विशिष्ट उद्देश्य सहित कार्यढाँचा तयार गरिएको सो कार्यढाँचामा उल्लेख गरिएको छ ।

योजना अवधिभर तीनै तहको सरकारको भूमिका, योजना प्रस्तुत गरिएको भए पनि कोभिड १९ का कारण थला परेको शिक्षा क्षेत्रको विकासका लागि के गर्ने भन्ने विषय भने सम्बोधन हुन सकेको छैन ।

कार्यढाँचा पढ्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books