After SEE Portal

अनेरास्ववियुको १० बुँदे माग

Bridge Course

नेकपा एमाले समर्थित विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले परीक्षा प्रणालीमा देखिएको समस्यालाई रोक्न त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रकलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा विभिन्न १० माग समावेश गरिएका छन् । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रश्नपत्र निर्माणमा देखिएको विकृति र लापरवाहीलाई रोक्न विज्ञलाई जवाफदेही बनाउने गरी प्रणालीगत सुधार गर्नुका साथै प्रश्न बैङ्कलाई वैज्ञानिक बनाउन माग गरिएको छ ।

पछिल्ला समयमा त्रिविका विभिन्न तह र विषयका प्रश्नपत्र निर्माणमा निकै त्रुटि देखिँदै आएको छ । प्रश्नपत्र निर्माणमा देखिएको गैरजिम्मेवार कार्यप्रति त्रिवि त्यति जिम्मेवार देखिएको पाइएको छैन । त्रुटि गर्ने प्रश्नपत्र निर्माणकर्ताको नामसमेत सार्वजनिक गरिएको छैन भने आँशिक रूपमा अध्यापन गर्नेहरूलाई प्रश्नपत्र निर्माणमा प्रयोग गरिएको पाइएको छ ।

अनेरास्ववियुले अनुशासन भङ्ग गर्ने परीक्षाकेन्द्र, मिलेमतो गर्ने शिक्षक तथा कर्मचारीको अध्ययन गरी प्रतिवेदन गरी सार्वजनिक गर्न माग गरेको छ ।

त्रिविले निर्धारण गरेका परीक्षा केन्द्र सम्भव भएसम्म विद्यार्थीलाई पायक पर्ने र एउटै सवारी साधनको प्रयोगबाट पुग्न सकिने स्थानमा निर्धारण गर्न माग गरिएको छ ।

परीक्षा सम्पन्न भई १२० दिन पूरा भइसकेका सबै तहका परीक्षाको परीक्षाफल ४५ दिनभित्र सार्वजनिक गर्न माग गर्दै सबै तहका सबै परीक्षाको परीक्षाफल बढीमा तीन महिनाभित्र प्रकाशित गर्न माग गरिएको छ ।

पनिकाले सञ्चालन गर्दै आएको प्राइभेट परीक्षाका कार्यक्रम हाल विनाविकल्प बन्द गरिएकाले सो तत्काल खुला गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

 

A Levels MA
Thuprai - Books and E-books