CMAT

शिक्षा मन्त्रीको एक करोड ५२ लाख रुपियाँ, ११ तोला सुन र १०० तोला चाँदी (सम्पत्ति विवरण सहित)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आफ्नो नाममा  बैंकमा एक करोड ५२ लाख रुपियाँ रहेको सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन् ।

मन्त्री श्रेष्ठले १ तोला सुन र १ सेट हिराको टप, बिहेका बेला उपहार पाएको ११ तोला सुन, १०० तोला चाँदी, हिराको एक सेट रहेको विवरणमा उल्लेख गरेकी छन् ।

मन्त्री श्रेष्ठले मन्त्री परिषद्मा बुझाएको सम्पत्ति विवरणमा एनआईसी एसिया बैंकमा एक करोड १५ लाख र एभरेस्ट बैंकमा ३७ लाख आफ्नो मौजदात नगद रहेको र सो रकम पारिश्रमिकबापत पाएको विवरणमा उल्लेख गरेकी छन् ।

उनले काभ्रे जिल्लाको र्याले ४ मा ९ लाख ९४ हजारमा पारिश्रमिकको रकमबाट जग्गा लिएको र सो जग्गा संयुक्त नाममा रहेको उल्लेख गरेकी छन् ।

नविल बैंक सहित विभिन्न ४ कम्पनीमा शेयर रहेको उनको विवरणमा छ । सवारी साधनाका रूपमा २० लाखमा खरिद गरेको ईभी कार र एउटा स्कुटर प्रयोग सार्वजनिक गरेकीछिन् ।

हेर्नुहोस् मन्त्री श्रेण्ठको सम्पत्ति विवरण

Thuprai - Books and E-books