After SEE Portal

“विन्टर फेष्ट” कार्यक्रम सम्पन्न

Bridge Course

लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक पढ्दै गरेका विद्यार्थीको प्रतिभा र सङ्गठनात्मक कौशल प्रदर्शन गर्न, हिउँदे उत्सव “विन्टर फेष्ट” आयोजना गरेको छ ।

यो कार्यक्रम, विद्यार्थीका लागि मनोरञ्जन र रचनात्मकता सहित, उद्यमशीलताको एक अद्वितीय मिश्रण बनेको कलेजको दाबी छ । यो उत्सवमा विद्यार्थीले, योजना निर्माणदेखि कार्यान्वयनसम्मका हरेक पक्षको जिम्मेवारी लिएका थिए ।

विन्टर फेष्टले, विद्यार्थीलाई समग्र सिकाइ अनुभव प्रदान गरेको कलेजको दाबी छ । विन्टर फेष्टले, विद्यार्थीको क्षमता तिखार्दै, जीवनका चुनौती सामना गर्न आत्मविश्वास भरेको कलेजको विश्वास छ ।

कार्यक्रमको अवधारणादेखि कार्यान्वयनसम्मका योजना छनोट, बजेट निर्माण लगायतका पक्षको सबै जिम्मेवारी विद्यार्थीलाई दिइएको थियो । यो कार्यक्रमले, विद्यार्थीलाई परम्परागत कक्षाकोठाको चौघेराभन्दा बाहिर जाने व्यावहारिक सीप प्रदान गरेको लर्डबुद्ध एजुकेसन फाउन्डेसनका कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले जानकारी दिए ।

कार्यक्रमले, स्टेज सजावटदेखि विक्रेता चयन, बिलिङ र कारोबारका अरू तत्त्वहरूको लागत जुटाउनका लागि पनि सहयोग गरेको छ । यो कार्यक्रममा विद्यार्थी आफैँले, स्टेज सजावटको लागि पक्षसँग वार्ता, सम्झौता, गुणस्तरीय खाना विक्रेता सुनिश्चित गर्ने र पुरस्कार र उपहारका लागि आपूर्तिकर्ताहरूसँग समन्वय गरेका थिए । यस्तो अन्तरक्रियाले विद्यार्थीको सञ्चार र वार्तालाप कौशल बढाउने कलेजको भनाइ छ ।

 

विन्टर फेष्टमा विद्यार्थी आफैँले नृत्य प्रदर्शन, साङ्गीतिक कार्यक्रम, स्वादिष्ट खानाका परिकार, खेलकुद र रोमाञ्चक पुरस्कार सहित विभिन्न गतिविधि सम्पन्न गरेका छन् । यस्ता कार्यक्रमले, विद्यार्थीको रचनात्मकतासँगै सामूहिक भावना, व्यावहारिक ज्ञान र अनुभव सँगाल्दै उद्यमशीलताको संस्कृतिलाई बढवा दिएको कलेजको दाबी छ ।

A Levels MA