CMAT

‘विश्वाविद्यालय सञ्चालन अघि अस्पताल सुदृढ बनाउनुपर्छ ’

Bachelors Portal

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटास्थित प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन अघि अस्पताललाई बलियो बनाउन आवश्यक रहेको बताए ।

नेपाल प्रेस युनियनद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले गेटालाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अगाडि बढाउनुपर्ने जनताको चाहना पूरा गर्न पहिले सबै मिलेर अस्पताललाई बलियो बनाउनुपर्छ भने।

अस्पतालको पक्षलाई बेवास्ता गरेर अघि बढेमा विश्वविद्यालय सञ्चालन गर्न कठिन हुने जनाउँदै उनले भने, “गेटाको योजना शानदार हो, अस्पताल बलियो नभईकन मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विश्वविद्यालय बलियो हुँदैन ।”

प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्याय परिसरमा रहेका भवन संरचनामा केही महिनादेखि अस्पताल सञ्चालनमा गरिएको छ ।

यसअघि धनगढीमै आयोजित नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को सार्वजनिकीकरण कार्यक्रममा मन्त्री बस्नेतले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि चिकित्सा शिक्षा ऐन संशोधन गर्न लागिएको जानकारी दिए ।

चिकित्सा शिक्षामा सुधार गर्न सकिएमा विदेश पढ्न जानेबाट बाहिरिने ठूलो रकम देशमै रोकिने भई बाहिरबाट पढ्न आउनेबाट धन स्वदेशमा भित्रिई रोजगारीसमेत सिर्जना हुने बताए ।

Thuprai - Books and E-books
I Tech store