‘सिटी एण्ड गिल्ड्स’ हस्पिटालिटी पाठ्याक्रम सुरु

एक्सेलले नेपालमा पहिलो पटक छ ओटा ‘सिटी एण्ड गिल्ड्स’ हस्पिटालिटीको पाठ्यक्रम सुरु गरेको छ । एक्सेलले सिटी एण्ड गिल्ड्स साउथ एशिया प्राइभेट लिमिटेडको व्यावसायिक तालिम संचालन गर्ने संस्थामार्फत पाठ्यक्रमको सुरुवात गरेको हो । यसको स्थापना बेलायतको लण्डनस्थित सिटी एण्ड गिल्ड्सले गरेको हो।

हस्पिटालिटीमा व्यावसायिक पाठ्यक्रमहरूको दायरा बढाउनको लागि एक्सेलसँगको साझेदारीमा कार्यक्रमको सुरुवात भएको हो । सम्झौताअनुसार इन्टरनेसनल ग्लोबल हस्पिटालिटी क्वालिफिकेसन इन फूड प्रिपरेसन, बेकरी एण्ड पेस्ट्री, बरिस्टा, बार ट्रेन्डिङ, फूड एन्ड बेभरेज सर्भिसेज स्किल फाउन्डेसन सर्टिफिकेट इन बेसिक फूड प्रिपरेसन र डिप्लोमा इन हस्पिटालिटी इन्डस्ट्री कार्यक्रम सञ्चालन गरिने छ ।

सिटी एण्ड गिल्ड्स साउथ एसियाका क्षेत्रीय प्रमुख जयन्त चौहान (उत्तर भारत, नेपाल र भुटान) ले यसबारेमा भने, ‘अहिले उद्योगको आवश्यकता अनुसार दक्ष कर्मचारी नभएकोले एक्सेलले आवश्यकता र माग अनुसारको कर्मचारी पूर्ति गर्ने विश्वास लिएको छ।’

यी पाठ्यक्रमहरूमा अध्ययन गर्ने विद्यार्थीहरूले द ब्रिटिस कलेज (टीबीसी) को अत्याधुनिक किचन, रेस्टुरेन्ट र बारको फाइदा लिन प्रमुख चौहानले जानकारी दिए । बीएससी (हन्स) हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट (बीएचएम) कार्यक्रमका विद्यार्थीहरुले पनि सोही किचनको प्रयोग गर्दै आइरहकेका छन् ।

हस्पिटालिटी क्षेत्रका विशेषज्ञहरूले निर्माण गरेको सिटी एण्ड गिल्ड्स पाठ्यक्रमहरू उद्योगको आवश्यकता परिपूर्ति गर्नको लागि डिजाइन गरिएको हो । यी कोर्षहरुले सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा सीपहरु प्रदान गर्नेछ। उत्कृष्ट सिकाईको कारण प्रशिक्षार्थीले नेपाल तथा विदेशमा राम्रो रोजगारीको अवसर प्राप्त गर्ने विश्वास एक्सेलले लिएको छ ।