After SEE Portal

‘विदेशमा रहेका नेपाली विद्यार्थीलाई तुरुन्त ल्याईयोस’

Bridge Course

नेपाल चिकित्सक संघले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ ।

चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले बुधबार एक विज्ञप्ति जारी गर्दै बंगलादेश, फिलिपिन्स, चीन, अस्ट्रेलिया, भारत, बेलायतलगायतका देशमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीलाई स्वदेश फर्काउन आग्रह गरेको हो ।

बंगलादेश, फिलिपिन्स, चीन, अस्ट्रेलिया, भारत, बेलायतलगायतका देशमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीलाई स्वदेश फर्काउन आग्रह गरेको हो ।

संघका महासचिव डा. बद्री रीजालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ,‘ विदेशबाट ल्याइएकाहरूलाई एकान्तवास र स्वास्थ्य परीक्षणपश्चात मात्रै घर पठाउनुपर्छ । अध्ययनको सिलसिलामा विदेश गएका विद्यार्थीहरु र रोजगारीका लागि विदेशिएका नागरिकहरुलाई सम्बन्धित देशका शैक्षिक संस्था र रोजगारदाता कम्पनीले आफ्नो देशमा जाउँ भनी दबाव सिर्जना गरेको सम्बन्धमा नेपाल चिकित्सक संघलाई जानकारी प्राप्त भएको छ । ’

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चिकित्सक संघ बिदेशबाट नेपाल फर्कन चाहने विद्यार्थीहरु तथा अन्य रोगगारीका लागि गएकालाई यस आपतकालीन अवस्थामा अविलम्ब स्वदेशमा ल्याई एकान्तवासमा राखी स्वास्थ्य परीक्षणपश्चात् मात्र आफ्नो परिवारजनमा समावेश हुने व्यवस्था मिलाउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।’

A Levels MA