After SEE Portal

नेपाल इन्जिनियरिङ सेवा, राजपत्रांकित तृतीय श्रेणी, इन्जिनियर पदको खुला (करार) प्रतियोगितात्मक परीक्षाको विज्ञापन सूचना

Bridge Course

नेपाल सरकार 

खानेपानी तथा सरसफाइ मन्त्रालय 

खानेपानी तथा ढल व्यवस्थापन विभाग

(इञ्जिनियर छनोट समिति)

पानीपोखरी, काठमाडौँ 

नेपाल इन्जिनियरिङ सेवा, राजपत्रांकित तृतीय श्रेणी, इन्जिनियर पदको खुला (करार) प्रतियोगितात्मक परीक्षाको विज्ञापन सूचना नं. १/२०७६-७७ 

यस विभाग अन्तर्गत विभिन्न आयोजनाहरूको लागि स्वीकृत अस्थायी दरवन्दीमा रिक्त रहेका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, राजपत्रांकित तृतीय श्रेणीका इन्जिनियर पदहरू बढीमा २०७७ आषाढ मसान्तसम्मको लागि खुला प्रतिस्पर्धाबाट सेवा करारमा लिई पदपूर्ति गर्नुपर्ने भएकोले निम्नबमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट लोक सेवा आयोगले खुल्ला प्रतियोगिताको लागि निर्धारण गरेको दरखास्त फाराम भरी तथा सिलवन्दी कार्यपत्र सहित दरखास्त आव्हान गरिन्छ।

वि.नं. : १/२०७६-७७ 

पद, सेवा, समूह, उप-समूह र श्रेणी: इन्जिनियर, नेपाल इन्जिनियरिङ्ग, सिभिल, स्यानिटरी, रा.प.तृ (प्रा.)

पदपूर्तिको प्रकृति :  सेवा करार 

पद सङ्ख्या: ६४ (चौसठ्ठी)

परीक्षाका किसिम : कार्यपत्र मूल्याङ्कन, कार्यपत्र प्रस्तुतीकरण र अन्तर्वार्ता 

परीक्षा केन्द्र : खानेपानी तथा ढल व्यवस्थापन विभाग, पानीपोखरी, काठमाडौँ। 

परीक्षा दस्तुर : रु. १०००।- (एक हजार) 

दरखास्त दिने तथा कार्यपत्र पेस गर्ने स्थान : खानेपानी तथा ढल व्यवस्थापन विभाग, पानीपोखरी, काठमाडौँ । 

दरखास्त दिने अन्तिम मिति : सूचना प्रथमपटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनसम्म । 

तलब : नेपाल सरकारको प्रचलित स्केलबमोजिम 

सेवासम्बन्धी मन्त्रालय : खानेपानी मन्त्रालय, सिंहदरबार, काठमाडौँ । 

आवश्यक न्यूनतम योग्यता : मान्यताप्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा बी.ई. वा सोसरह उत्तीर्ण ।

दरखास्त साथ उम्मेदवार स्वयंले प्रमाणित गरेको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्र (अ) लब्धाङ्क पत्र (आ) चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र नेपाल इन्जिनियरिङ परिषदमा दर्ता भएको प्रमाणपत्रसमेतका प्रमाणित प्रतिलिपीहरू, अनुभवसम्बन्धी प्रमाणका प्रतिलिपिहरू एवं दरखास्त दस्तुर बुझाएको नगदी रसिद र सिलवन्दी कार्यपत्र १ (एक) थान पेस गर्नपर्नेछ। 

कार्यपत्र तयार गर्दा खानेपानी तथा सरसफाइ आयोजनाहरूको निर्माणमा सुरुदेखी आयोजना सम्पन्नसम्मको आयोजना चक्रमा इन्जिनियरले निभाउनुपर्ने भूमिका लगायतका विषयहरू र उम्मेदवारहरूले विगतमा गरेको यससँग सम्बन्धित उल्लेखनीय कार्यहरू समेतको विषय सलग्न गरी बढिमा १००० शब्दको कार्यपत्र तयार पारी सिलबन्दी गरी दरखास्त फाराम साथ सलग्न गरी बुझाउनु पर्नेछ ।

कार्यपत्रको भाषा नेपाली वा अंग्रेजी हुनुपर्ने छ। 

दरखास्त दिने अन्तिम मिति सम्ममा २१ वर्ष उमेर पूरा भएको र ५८ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । 

नेपाल सरकारबाट स्वीकृत इन्जिनियर छनोट कार्यविधि, २०७६ तथा अन्य प्रचलित कानूनबमोजिम अयोग्य नभएको हुनुपर्नेछ। 

यसबमोजिम छनोट भएका उम्मेदवारहरूलाई खानेपानी मन्त्रालय एवं खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सञ्चालित सहलगानी खानेपानी तथा सरसफाइ आयोजना, जलवायु अनुकुलित बृहत खानेपानी आयोजना एवं सघीय स्तरमा सञ्चालनमा रहेका आयोजनाहरू समेत हेर्ने संधीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना तथा साना सहरी खानेपानी तथा सरसफाइ आयोजनालगायतका आयोजनाहरू सञ्चालन भएका जिल्लाहरूमा खटाइनेछ। 

यस विज्ञापनमा उल्लेख भएका पद सङ्ख्यामा पछि कुनै पनि कारणले पद रिक्त भएमा वा स्थायी पदपूर्ति भएमा पद सख्यामा थप/घट हुनसक्ने व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।