After SEE Portal

नेपाल नागरिक उड्डयन प्राधिकरणको करारमा नियुक्ति गर्ने सम्बन्धी सूचना

Bridge Course

नेपाल नागरिक उड्डयन प्राधिकरण

प्रधान कार्यालयको 

करारमा नियुक्ति गर्ने सम्बन्धी सूचना

प्रकाशन मिति:२०७६/०९/१० 

नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृत दरवन्दीमा रिक्त रहेको देहाय बमोजिमको पदमा स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरुको सेवाका शर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करारमा नियुक्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरुबाट प्राधिकरणद्वारा स्वीकत फाराम भरी यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध) दिनभित्र रितपूर्वकको दरखास्त फाराम पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ।

माग गरिएको पदको विवरण : सेवाः प्राविधिक, समूहः एभिएशन फायर सर्भिसेस, तहः चौथौं, पदः सहायक 

माग पद संख्या : १४ (चौध)

दरखास्त दिने स्थान : नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालय, प्रशासन विभाग, बबरमहल, काठमाडौं। 

आवश्यक न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरह उत्तीर्ण र नागरिक उड्डयन सँग सम्बन्धित संस्थाबाट विमानस्थल उद्धार तथा अग्नी निवारण सम्बन्धी आधारभूत तालीम प्राप्त 

परीक्षाको किसिम : प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता । 

परीक्षा दस्तुर : रु.४००।- (चार सय रुपैयाँ) 

दरखास्त फाराम दस्तुर : रु १००।- (एक सय रुपैयाँ)

फाराम दस्तुर र परीक्षा दस्तुर जम्मा गर्नु पर्ने स्थान : एन.एम.बी. बैंकको जुनसुकै शाखा कार्यालयहरुमा रहेको यस प्राधिकरणको खाता न ००१००१२६११५०००४३ मा जम्मा गर्नुपर्नेछ। दरखास्त फारामको लागि आबेदनकर्ताको नाम स्पष्ट उल्लेख गरी दस्तुर बुझाएको सक्कल भौचर पेश गरेमा मात्र दरखास्त फाराम दिइनेछ ।

दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलीपल्ट सम्म दरखास्त फाराम बुझाउन सकिनेछ । 

प्रयोगात्मक परीक्षाको मिति : २०७६ पौष २५ गते विहान ११.०० बजे। परीक्षा केन्द्र: त्रि.अ.वि. फायर स्टेशन)) । प्रयोगात्मक परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुको अन्तर्वार्ता मिति २०७६ पौष २७ गतेका दिन प्राधिकरण प्रधान कार्यालय, बबरमहलमा हुनेछ। 

उमेरको हद : पुरुषको हकमा २१ वर्ष पूरा भै ३५ वर्ष ननाघेको र महिलाको हकमा २१ वर्ष पूरा भै ४० वर्ष ननाघेको। 

काम गर्नुपर्ने स्थान : प्राधिकरण अन्तर्गतका कार्यालयहरु। 

तलव सुविधा : प्राधिकरणको प्रचलित नियम अनुसार। 

दरखास्त फारामसाथ पेश गर्नुपर्ने कागजातहरु : नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र (उमेर खुलेको), आफूले प्राप्त गरेको आधारभूत तालीमको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरुका साथै विज्ञापनसंग सम्बन्धित पदको दरखास्त दस्तुर बुझाएको नगदी रसिद समेत पेश गनुपर्नेछ। 

विदेशी वोर्डबाट उत्तीर्ण भै शैक्षिक योग्यता प्राप्त गरेको उम्मेदवारले समकक्ष निर्धारण गरेको प्रमाण संलग्न गर्नुपर्नेछ । 

यस सम्बन्धमा थप जानकारी चाहिएमा प्राधिकरण प्रधान कार्यालयको प्रशासन विभागमा बझन सकिनेछ।

Thuprai - Books and E-books