After SEE Portal

गुठी संस्थानमा खुला /समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेसम्बन्धी सू​चना

Bridge Course

गुठी संस्थान

प्रधान कार्यालय 

खुला /समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेसम्बन्धी सूचना

(प्रथमपटक प्रकाशित मिति : २०७६/०७/८) 

लोकसेवा आयोगबाट प्राप्त सहमतिसमेतको आधारमा गुठी संस्थानअन्तर्गत रिक्त रहेका देहायका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले देहायबमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट मिति २०७६/७/८ गतेदेखि रीतपूर्वक Online दरखास्त फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रथमपटक प्रकाशित मितिले २१ (एक्काइस) दिनभित्र र दोब्बर शुल्क तिरी थप ७ (सात) दिनभित्र Online दरखास्त फाराम पेस गर्नु पर्नेछ। म्यादभित्र दाखिला नभएको र रीत नपुगी आएका दरखास्तउपर कुनै किसिमको कारबाही हुने छैन । झुट्ठा विवरण उल्लेख गरी दरखास्त फाराम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनेछ।