नेपाल सरकार
शिक्षक सेवा आयोग
सानोठिमी भक्तपुर
अध्यापन अनुमति पत्रको लिखित परीक्षामा सहभागी हुने सम्बन्धित परीक्षार्थीहरुलाई अत्यन्त जरुरी सूचना
यस आयोगबाट मिति २०७६ असोज ९, १० र ११ गते सञ्चालन हुने अध्यापन अनुमति पत्रको लिखित परीक्षाको सम्बन्धमा आयोगबाट देहाय बमोजिम निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ :
(क) एउटै तह/विषय र उम्मेदवारको प्रवेश पत्रमा प्राविधिक कारणवश एकभन्दा बढी रोल नम्बर कायम हुन गएको भए प्रवेश पत्रमा रहेको सम्बन्धित तहको पहिलो रोल नम्बरबाट परीक्षामा सहभागी हुन सक्ने,
(ख) तह र विषय मिलेको तर विज्ञापन नम्बर फरक परेको परीक्षार्थीहरुले साविक रोल नम्बरबाट नै परीक्षामा सहभागी हन सक्ने,
(ग) आयोगद्वारा पूर्व प्रकाशित विज्ञापनको योग्यता र शर्त बमोजिम केही परीक्षार्थीको परीक्षा दिने विषय शैक्षिक योग्यताका आधारमा परिवर्तन हुन गएकोले नयाँ रोल नम्बर बमोजिम प्रवेश पत्र लिई परीक्षामा सहभागी हुने व्यवस्था मिलाइएको ।
घ) आयोगद्धारा WEBSITE मार्फत प्रकाशित रोल न को Range भित्र आफ्नो रोल न नपरेका परीक्षार्थीहरुले सम्बन्धित विज्ञापनको सम्बन्धित विषयको अन्तिम केन्द्रमा सहभागी भै परीक्षा दिने सक्नेछन् ।