A Levels MA

पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयको अत्यन्त जरुरी सूचना

पूर्वाञ्चल विश्वविद्यालय प्राज्ञिक परिषद्को मिति २०७७/०५/१४ र कार्यकारी परिषद्को मिति २०७७/०५/१५ गतेको निर्णयानुसार COVID - 19 को विश्वव्यापी महामारीका कारण सजित असहज परिस्थितिले गर्दा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत स्नातक/ स्नातकोत्तर तहको नियमित (Regular) तर्फका परीक्षाहरू मात्र बैकल्पिक विधि (Time-bound Home Exam) बाट सञ्चालन गर्न निर्णय भई आएकाले स्थगित तथा संचालन हुन बाँकी रहेका परीक्षाहरु २०७७ साल आश्विन महिनाको पहिलो हप्ताबाट सञ्चालन हुने भएको हुँदा आफू अध्ययनरत क्याम्पस/ कलेजमा सम्पर्क गर्न हुन सम्बन्धित नियमित (Regular) तर्फका सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराउदै, परीक्षा कार्यक्रम र परीक्षा संचालन सम्बन्धि निर्देशिका यथासिघ्र प्रकाशित गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । साथै, बार्षिक तर्फका (नियमित/आंशिक) र सेमेष्टर तर्फका आंशिक परीक्षाहरू पछि निर्णय भई आए अनुसार संचालन गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।

प्रा.डा.सूर्यप्रसाद संग्रौला

- परीक्षा नियन्त्रक

Thuprai - Books and E-books