A Levels MA

२०७६ सालको रजिष्ट्रेशन सम्बन्धी सूचना: त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु

२०७६ सालको रजिष्ट्रेशन सम्बन्धी सूचना

(गोरखापत्रमा प्रथम पटक प्रकाशित मिति २०७६।८।५) त्रि.वि. केन्द्रीय परीक्षा संचालक समितिको मिति २०७६/०७/२७ गते बसेको बैठकको निर्णयानुसार। त्रि.वि, अर्न्तगतका विद्यार्थीहरुको रजिष्ट्रेशन निम्नानुसार गर्नुपर्ने व्यहोरा सबै क्याम्पस कार्यालयहरुलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

वार्षिक प्रणालीको हकमा पूर्व व्यवस्था अनुसार नै हुनेछ। सेमेष्टर प्रणालीको हकमा प्रविणता प्रमाणपत्र तह (प्राविधिक), स्नातक तह (सेमेष्टर र प्राविधिक), स्नातकोत्तर तह (सेमेष्टर र प्राविधिक) तर्फका विद्यार्थीहरुको लागि सम्बन्धित संकाय, संस्थान, डीनको कार्यालय र क्याम्पसहरुले समेत प्रथम भर्ना सूचना प्रकाशित भएको मितिले ५ (पाँच) महिना भित्र भर्ना सूचनाको प्रतिलिपी समेत राखी नियमित दस्तुरमा यस रजिष्ट्रेशन शाखाबाट रजिष्ट्रेशन गर्ने गराउने र सो समय पश्चात् आएका रजिष्ट्रेशन दोब्बर दस्तर बुझाई १ (एक) महिना भित्र रजिष्ट्रेशन गर्नु पर्नेछ अन्यथा परीक्षा नियन्त्रण कार्यालय जवाफदेही हुने छैन । रजिष्ट्रेशन गराउँदा क्षेत्र अन्र्तगत पर्ने क्याम्पस कार्यालयहरुले आ-आफ्नो क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा र केन्द्र अन्र्तगत पर्ने क्याम्पस कार्यालयहरुले त्रि.वि परीक्षा नियन्त्रण कार्यालयको रजिष्ट्रेशन शाखाबाट रजिष्ट्रेशन गराउनु पर्नेछ । शुल्कको हकमा गत साल अनुसार नै हुनेछ । रजिष्ट्रेशन फाराम भराइसके पछि संकाय तथा संस्थागत अनुसार विद्यार्थीहरुको विवरण प्रिन्टेड प्रति थान १ र Excel मा इलेक्ट्रोनिक कपी अनिवार्य रुपमा बुझाउनु पर्नेछ।

परीक्षा नियन्त्रक

Thuprai - Books and E-books