छयालीसौँ दीक्षान्त समारोहमा सम्मिलित हुन Online फाराम भर्नेसम्बन्धी सूचना : त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु काठमाडौं

छयालीसौँ दीक्षान्त समारोहमा सम्मिलित हुन Online फाराम भर्नेसम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालयद्वारा आयोजना गरिने छयालीसौं दीक्षान्त समारोहमा सम्मिलित हुन बि.सं. २०७६ साल आषाढ १ गतेदेखि २०७७ साल जेष्ठ ३२ गते तदनुसार सन् २०१९ जुन १५ देखि २०२० जुन १४ सम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उत्तीर्ण गरी ट्रान्स्कृष्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि (Ph.D) पूरा गरेका इच्छुक विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालयको Website मार्फत् Online फाराम भर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। दीक्षान्त समारोहसम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको website: tuexam.edu.np मा हेर्न सकिनेछ।

परीक्षा नियन्त्रक

Thuprai - Books and E-books